१८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नवलपरासी जिल्ला बर्दघाट–१ का ५० वर्षीय दुर्गा केसीलाई चितवन जिल्ला अदालतले ७ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले ०७६ फागुन ५ गते यस्तो फैसला सुनाएको अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताउनु भयो ।
आरोपितले ०७६ साउन १० गते बलात्कार गरेको भन्दै पीडितले ०७६ साउन २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परिक्षण साउन २१ गते भरतपुर अस्पतालमा भएको थियो । आरोपितलाई साउन २२ गते चितवन प्रहरीले गिरफ्तार गरेको थियो ।