INSEC Online

📅 २०८३ जेष्ठ २१

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई होटलमा राखेर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले क्षिरेश्वरनाथ नपा–५ बस्ने ३५ वर्षीय सुशिल कुमार मण्डललाई फागुन ५ गते साँझ गिरफ्तार गरेको छ ।

लक्ष्मीनियाँ गाउँपालिका–४ सपही अवस्थित अमरज्योति लज एण्ड गेष्ट हाउसमा महिलालाई राखेर अवैध यौन कार्यमा लगाउँदै आएका होटल सञ्चालक सुशिल मण्डललाई लुकिछिपी बस्दै आएको अवस्थामा जनकपुरबाट गिरफ्तार गरि मानव बेचबिखन तथा ओसार पसार मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अशोक झाले जानकारी दिनु भएको छ ।

होटलमा महिलालाई राखेर अवैध यौन कार्यमा लगाउँदै आएको सुचना पाएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरले माघ ६ गते छापामार्दा आपत्तिजनक अवस्थामा रहेका ३५ वर्षीय अमित कुमार साह र २७ वर्षीय महिलालाई गिरफ्तार गरिएको थियो ।

प्रहरी आएको सूचना पाएपछि सञ्चालक सुशिल फरार भएका थिए । गिरफ्तार होटल सञ्चालकले जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित मण्डलको थप अनुसन्धान भई रहको इन्स्पेक्टर झाले बताउनु भएको छ ।

अन्य

भिडियो