INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा ३७ वर्ष कैद फैसला

१७ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका—८ का ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको फागुन ५ गतेको इजलासले बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । साथै १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति स्वरुप आरोपितबाट उपलब्ध गराउन आदेश गरेको अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनुभयो ।

०७५ चैत २ गते १७ वर्षीया छोरीलाई राति घरमा सुतिरहेको अवस्थामा छुरी देखाएर बलात्कार गरेका पीडितको आरोप छ । घटनापछि पीडित बारा जिल्लामा आफन्तकहाँ गएको र घटनाबारे आफन्तलाई भनेपछि चैत ११ गते आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडितले उजुरी दिनु भएको थियो । आरोपित अहिले क्षेत्रीय कारागार भीमफेदीमा रहेको श्रेस्तेदार कौशिकले जानकारी दिनुभयो ।

अन्य

भिडियो