INSEC Online

📅 २०८३ असार १०

समाचार

त्रिपालको भरमा रात काट्दै छन् रिगाउँका विस्थापित

उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१, रिगाउँबासी घर छाडेको एक साता बितिसक्दा पनि त्रिपालको भरमा बस्न बाध्य भएका छन् । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरू समेत त्रिपालको भरमा रात बिताइरहेकोले स्थानीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-११ घर भई सोही वडामा रहेको हेटौँडा एकेडेमीको बसका सहचालक ६८ वर्षीय गोपि कँडेललाई प्रहरीले ०८० भदौ २ गते गिरफ्तार गरेको छ

मध्यपुरथिमि स्थित बालसुधार गृहमा रहेका एक बन्दीको मृत्यु

मध्यपुरथिमि नगरपालिका-२, सानोठिमी स्थित बलात्कार गरेको कसुरमा बालसुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका-३, कठजोरका १९ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते मृत्यु भएको छ । पाँच वर्षीया बालिकालाई ०७७

गुठीचौरका स्वास्थ्य संस्थामा जीवनजल अभाव

जुम्लाको गुठीचौर गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्था रहेका छन् । प्रसुति गृहसहित तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । यी स्वास्थ्य संस्थामा जीवनजलसमेत अभाव

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया मानसिक तथा शारीरिक रुपमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई प्रहरीले २०८० भदौ १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २०८० भदौ १ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिका–१० अमराइका ३२ वर्षीय हरि लामिछानेलाई प्रहरीले भदौ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १९ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जगदुल्ला गाउँपालिका–५ माझँगाउका २९ वर्षीय धर्मराज बोहोरा, सल्यान जिल्ला कुमाख गाउँपालिका–५ कालागाउँका २५ वर्षीय रेशम राना र जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का २१

१० महिनादेखि लिमीका स्थानीयले खाद्यान्न पाएनन्

नाम्खा गाउँपालिका–६ लिमीका स्थानीयले १० महिनादेखि खाद्यान्न पाएका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा,हुम्लाले अघिल्लो आर्थिक वर्षमा विनियोजित कोटाको खाद्यान्न ढुवानी गर्न नसकेपछि लिमीका स्थानी १० महिनादेखि

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाथीभरा याङरवक गाउँपालिका-३ तिरिङ्गेकी ३४ वर्षीया चन्द्रकला कटुवालले कुटपिट गरेको आरोपमा २२ वर्षीया बुहारी बिपना कटुवालविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ । आरोपितले सासु आमालाई कुटपिट गरेको र सो विषयमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखाल नगरपालिका-१२ की २६ वर्षीया कुमारी माझीको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ३६ वर्षीय हरि माझीलाई प्रहरीले ०८० भदौ ३ गते गिरफ्तार गरेको छ । आरोपित माझीविरूद्ध

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–१० का ३४ वर्षीय काशीराज तामाङलाई गिरफ्तार गरेको छ । पीडितले आफूलाई आरोपितले ०८० साउन २ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध साउन

बालविवाह बदर र आरोपितहरूलाई कैद सजायको फैसला

१५ वर्षीया बालिकाको सर्लाही रामनगर गाउँपालिका–२ का ३६ वर्षीय सुरेन्द्र महरासँग भएको बालविवाह साउन ३२ गते बदर हुने फैसला भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले विवाह बदर गर्दै

चिनियाँ नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्माणाधिन मुग्लिन–पोखरा सडक आयोजनामा कार्यरत चिनियाँ प्राविधिकलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले आवुँखैरेनी गाउँपालिका–२ घर भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला क मिटिका सदस्य चन्द्रबहादुर गुरुङलाई ०८० भदौ १

विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

लगातारको वर्षा सँगै निर्माणाधिन सडक पहिरोले बगाउँदा पर्वतको फलेवास नगरपालिका– २ थापाठानामा सञ्चालित थापाठाना माध्यमिक विद्यालयका तीन ओटा भवन पुरिएका छन् । पहिरोले भवन पुरेपछि बालबालिकालाई पठनपाठनमा समस्या भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–१ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर बिकलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० असार १२ गते

कैदी मृत्यु घटना : प्रहरीसहित १२ जना माथि अनुसन्धान, इन्चार्ज चौधरी माथि म्याद थप

कारागारभित्र दुई कैदीको हत्या घटनामा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । कैदीको हत्या घटनामा प्रहरी र कैदीसहित १२ जना अनुसन्धानमा तानिएका छन् । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा

बेनी अस्पतालमा बिरामीको चाप बढ्दो, दक्ष जनशक्तिको अभावले उपचारमा समस्या

बेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ तर उपचारका लागि दक्ष जनशक्तिको अभाव हुँदा उपचारमा समस्या आएको छ । पछिल्लो एक हप्ता १ हजार ४ सय ७० बिरामीहरु बेनी अस्पतालको

जिल्ला सभाहल अपाङ्गमैत्री बनाउनु पर्ने माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुद्वारा विरोध प्रर्दशन

दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले ०८० भदौ १ गते जिल्ला सभाहलको मुख्य गेटमा विरोध प्रर्दशन गरेका छन् । शारीरिक अशक्त भएका व्यक्तिहरुको जिल्ला स्तरीय

स्वास्थ्य संस्थामा औषधि अभाव

तिला गाउँपालिकाका दुर्गम ठाउँका स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव रहेकाे छ । दुर्गम भेगमा पर्ने जुम्लाकोट, राँसा मालापानी, ढिपु, घोडेमहादेव, पोख्री, रिपी र सुडी गाउँ पर्दछन् । सङ्घीयतापछि यी

यौन दुर्व्यवहार घटनाको कसुरमा बृद्धलाई ६ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर बोदेबर्साइन नगरपालिका–२ प्रितमपुरका ७१ वर्षीय हृदयलाल यादवलाई साउन ३१ गते ६ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले आरोपित