पाथीभरा याङरवक गाउँपालिका-३ तिरिङ्गेकी ३४ वर्षीया चन्द्रकला कटुवालले कुटपिट गरेको आरोपमा २२ वर्षीया बुहारी बिपना कटुवालविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।
आरोपितले सासु आमालाई कुटपिट गरेको र सो विषयमा बुझन् ०८० भदौ २ गते माइती जाँदा किन बाठी भएर आइस् भन्दै बुहारीले भदौ ३ गते कुटपिट गरेको पीडितले बताउनु भयो ।
कुटपिटबाट नाकमा चोट लागेको र भदौ ३ गते जिल्ला अस्पतालमा उपचार गरिएको पीडितले बताउनु भयो ।
बुहारीले कुटपिट गरेको विषयमा आमाजु चन्द्रकलाले भदौ ३ गते महिला सेलमा उजुरी दिएको सेल इञ्चार्ज बविता दुलालले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान गरी आवश्यक भए आरोपितलाई गिरफ्तार गर्ने प्रहरीले जनाएको छ ।