INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–१० का ३४ वर्षीय काशीराज तामाङलाई गिरफ्तार गरेको छ ।

पीडितले आफूलाई आरोपितले ०८० साउन २ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध साउन ३२ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिनु भएको थियो ।

पीडितको किटानी उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि साउन ३२ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

आरोपित युवा सङ्घ नेपाल, वेलवारीका नगर अध्यक्ष रहेको प्रहरीको भनाइ छ ।

पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा भदौ १ गते गरिएको छ ।

 

अन्य

भिडियो