INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया मानसिक तथा शारीरिक रुपमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई प्रहरीले २०८० भदौ १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई २०८० भदौ १ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले भदौ ३ गते लिखित उजुरी दिएका  थिए । पीडित पक्षको भदौ १ गतेको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध भदौ ३ गते नै बलात्कार शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पनि भदौ ३ गते गोरखा अस्पतालमा भएको थियो ।

अन्य

भिडियो