दुई महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्यकर्मीको गुनासो
गुठिचौर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले दुई महिनाको पारिश्रमिक र पोशाक भत्ता नपाएको गुनासो गरेका छन् । देपागाउँ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव देवानन्द तिमल्सिनाले दुई महिनादेखि तलब नपाएको गुनासो गर्नुभयो ।





