INSEC Online

समाचार

बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१४ र १५ वर्षीय दुई जना बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा मलङ्गवा नगरपालिका–५ भाँडसरका ३६ वर्षीय बिरु भन्ने महेन्द्र खिड्हरीविरुद्ध पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको

ठमेलका दुई डान्सबारबाट ११ जना बालिकाको उद्धार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शुभ अवसर ग्राम नेपाल, मिडिया एड्भोकेसी ग्रुप (म्याग) र जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयमा ठमेलस्थित दुई ओटा डान्सबारबाट ०८० असोज १९ गते राती ११ जना

माइतीघर मण्डलामा अनशनरत भारती शेर्पाको समर्थनमा प्रदर्शन गर्ने पाँच जना गिरफ्तार

आफ्ना पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय खारेज हुनुपर्ने माग गर्दै माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएकी भारती शेर्पाको

जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिनु मानव अधिकारको मान्यता विपरीत रहेको आयोगको भनाई

राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले आममाफीको सिफारिस गर्नु गलत भएको बताएको छ । आयोगका अध्यक्ष तपबहादुर

तीन दिनदेखि हवाई टिकट नपाउँदा बालकको मृत्यु भएको पीडित परिवारको आरोप

तीन दिनदेखि हवाई जहाजको टिकट नपाउँदा सिमकोट गाउँपालिका–६ स्थित साहुबाडाका १४ महिनाका शिशु पृन्स सुनारको असोज १९ गते मृत्यु भएको छ । मुटुमा दुई ओटा प्वाल भएको बिरामी शिशुलाई जिल्ला

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

शैलुङ गाउँपालिका-२ का बुबा ७५ वर्षीय रामबहादुर तमाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ४२ वर्षीय पञ्चबहादुर तमाङलाई प्रहरीले ०८० असोज १८

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का २२ वर्षीय सन्तोष आर्चायविरुद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ ३० गते बलात्कार

इन्सेकको पहलमा बालश्रमिकको उद्धार

१५ र १६ वर्षीया बालिकालाई पोखरा महानगरपालिका– १२ स्थित बिजि अस्पताल हाताभित्र रहेको बिजि क्यान्टीनमा २०७९ वैशाख ४ गते देखि २०८० भदौ ३० गतेसम्म बालिकाहरुको अभिभावकको सहमतिबिना मजदुरी गराएर राखिएको

प्रेम विवाह गरेको दुई वर्षपछि घरमा राख्न अस्वीकार

गोलबजार नगरपालिका–१ माइती घर भएकी २४ वर्षीया देविका सदायको प्रेम विवाह भएको दुई वर्ष पछि २५ वर्षीय पति विजय महतो र उनको परिवारले घरमा राख्न अस्वीकार गरेका छन् । मिर्चैया

तनहुँमा डेङ्गीबाट तीन जनाको मृत्यु, ३ हजार ७ सय ७९ जना सङ्क्रमित

तनहुँ जिल्लामा डेङ्गीबाट तीन जनाको मृत्यु भइसकेको छ भने, हालसम्म ३ हजार ७ सय ७९ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सबैभन्दा धेरै व्यास नगरपालिकामा ३ हजार

शिक्षकद्वारा विद्यार्थीमाथि भएको कुटपिट घटनाको इन्सेक प्रतिनिधिद्वारा अनुगमन

विष्णुपुर गाउँपालिका–३ का ११ वर्षीय बालकलाई शिक्षक अमृत साहले कुटपिट गरेको घटना इन्सेक प्रतिनिधि दुर्गा परियारले ०८० असोज १७ गते अनुगमन गरेको छ । मिर्चैया नगरपालिका–५ स्थित शारदा पाठशालाका २३

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सुनकोशी गाउँपालिका-९ का ५२ वर्षीय विनोद कटुवाललाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको ०८०

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा हिरासत तथा कारागार अनुगमन

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीको नेत्तृत्वको टोलीले ०८० असोज १८ गते जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय, डोटीको हिरासत कक्षको अनुगमन गरेको छ । थुनुवा तथा कैदीबन्दीहरुको

सर्वोच्च अदालतद्वारा हत्या अभियोगमा जन्मकैद सुनाइएका ढकाललाई आममाफी दिनुको कारणबारे सरकारसँग जबाफ माग

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय सुनाइएका नेपालगञ्जका योगराज ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जबाफ

पति हत्याका अभियुक्तलाई राष्ट्रपतिले दिएको आममाफी बदरको माग गर्दै भारती दुई दिनदेखि रिले अनशनमा

आफ्ना पति चेतन मानन्धरको हत्यामा अदालतबाट जन्मकैदको फैसला सुनाइएका योगराज ढकाल (रिगल) को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय खारेज हुनुपर्ने माग गर्दै नेपालगञ्जकी भारती मानन्धर ०८० असोज १७ गतेदेखि

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका–४ की २२ वर्षीया सपना ऐडि महताराले आफूलाई २६ वर्षीय जेठाजु रविन्द्र महतारले घर निकाला गरेको आरोपमा असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । आरोपित महताराले

बलात्कार प्रयास ठहर गर्दै तीन वर्ष ६ महिना कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  तानसेन नगरपालिका–१२ का २६ वर्षीय राजु बिकलाई असोज १६ गते तीन वर्ष ६ महिनाको कैद फैसला गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न अधिकारकर्मीहरूको अपिल

धार्मिक विषयलाई लिएर नेपालगञ्जमा उत्पन्न पछिल्लो असहज परिस्थिति प्रति सजग रहदै सामाजिक सद्भाव कायम राख्न इन्सेकलगायत सङ्घ संस्थाका प्रतिनिधिहरूले साउन १८ गते प्रेस विज्ञप्तिमार्फत अपिल गरेका छन् । विज्ञप्तिमा नेपालको

हत्या घटनाका आरोपित जेठाजुसहित तीन जना गिरफ्तार

जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकी ५६ वर्षीया कान्ति देवी विनको हत्या आरोपमा उनको जेठाजुसहित तीन जनालाई ०८० असोज १४ गते प्रहरीले गिरफ्तार गरेको छ । विनको हत्या आरोपमा उनका जेठाजुहरू ५९

कर्फ्युलाई खुकुलो बनाउदै लैजाने सर्बपक्षीय निर्णय

नेपालगञ्जमा जारी कर्फ्युलाई खुकुलो बनाउदै लैजाने असोज १७ गते बसेको सर्बपक्षीय बैठकले निर्णय गरेको छ । हिन्दु र मुस्लिम समुदायबिच असोज १६ गते भएको झडप पछि दिउसो १ बजेदेखि जिल्ला