पलाता गाउँपालिका–४ की २२ वर्षीया सपना ऐडि महताराले आफूलाई २६ वर्षीय जेठाजु रविन्द्र महतारले घर निकाला गरेको आरोपमा असोज १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
आरोपित महताराले असोज १७ गते घर छोड्न भन्दै नछोडे मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध उजुरी दिनुभएको हो ।
आरोपित महताराविरुद्ध उजुरी निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पोषण थापाले बताउनु भयो ।