INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा बालश्रमिकको उद्धार

१५ र १६ वर्षीया बालिकालाई पोखरा महानगरपालिका– १२ स्थित बिजि अस्पताल हाताभित्र रहेको बिजि क्यान्टीनमा २०७९ वैशाख ४ गते देखि २०८० भदौ ३० गतेसम्म बालिकाहरुको अभिभावकको सहमतिबिना मजदुरी गराएर राखिएको र कुनै पारिश्रमिक नदिएको भन्दै इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरामा असोज २ गते बालिकाको दिदिहरुले पीडित बालिकाहरु सहित निवेदन दिनुभएको थियो ।

उक्त निवेदनका आधारमा इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलंले श्रम तथा रोजगार कार्यालयलाई बालिकाहरुको न्यायको लागि पहल गरिदिनको लागि निवेदन दिनुभएको थियो । सोही निवेदनका आधारमा श्रम कार्यालयले उक्त क्यान्टीनका सञ्चालक सिता सुवेदीलाई सम्पर्क गरि क्यान्टीनको दर्ता प्रमाणपत्र तथा नागरिकता सहित उपस्थित गराई दुवै पक्ष राखि छलफल चलाएकोमा सञ्चालकले उक्त कुरा स्वीकार गर्नुभएको थियो ।

क्यान्टीन सञ्चालक सिता सुवेदीले आफूले बालिकाहरुलाई काम गराएको स्वीकार गरेर बालिकाहरुले उक्त समय सम्म गरेको कामको पारिश्रमिक प्रति बालिका १ लाख २० हजार रुपियाँ बैङ्कमा खाता खोल्न लगाई २०८० असोज १६ गते बालिकाहरुको बैङ्क खातामा जम्मा गरिदिएको पीडित बालिकाकी दिदि ज्योति दर्जीेले बताउनुभयो । पीडित बालिकाहरु अहिले आफ्नै दिदिहरुको संरक्षणमा बस्दै आउनुभएको छ ।

क्यान्टीन सञ्चालकलाई बालश्रमसम्बन्धी ऐन २०५६ को दफा ६ बमोजिम स्वीकृत नलिई बालश्रम प्रयोग गरेको ठगर गर्दै प्रति बालिका ५ हजार गरि जम्मा १० हजार रुपियाँ जरिबाना तिराउने निर्णय गरिएको वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बताउनुभयो ।

nibedan of aasa nepali and rima nepali 216965793095481696579337836

अन्य

भिडियो