INSEC Online

📅 २०८३ जेष्ठ २२

समाचार

कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या

देशका विभिन्न कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या भएको खबर इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक डोटी जिल्ला प्रतिनिधि दीर्घ खत्रीका अनुसार राणाकालमा स्थापना गरिएको डोटी जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनालाई पुस २० गते स्थानीयको मिलेमतोमा गाउँमै मिलाइएको घटना अहिले सार्वजनिक भएको छ । घटना गुपचुप रूपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस विषयमा

पत्नीको हत्या गरी फरार भएको आरोपमा पतिको खोजी 

कपिलवस्तु नपा-१० की २३ वर्षीया पुनता पासीको पुस २२ गते बिहान ५ बजे घरमा रहस्यमय तरिकाबाट मृत्यु भएपछि पतिले हत्या गरेर फरार भएको आशङ्का गरिएको छ । पीडित महिलाको पेट

स्थानीय तहको सङ्ख्या चार महानगरपालिकासहित ७ सय १९

स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले चार महानगरपालिकासहित ७ सय १९ स्थानीय तह रहने गरी तयार गरिएको प्रतिवेदन सरकारलाई बुझाएको छ

‘ड्रपआउट’ रोक्न मुक्तकमैयाका बालबालिकालाई साइकल उपहार

नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न दाङमा मुक्त कमैयाका बालबालिकालाई पुस २२ गते साइकल उपहार दिइएको छ । देउखुरीको गढवा, गङ्गापरस्पुर, गोवरडिहा, लालमटिया र सिसहनीयाका मुक्त कमैयाका २७ जना बालबालिकालाई

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही ठाउँकी २८ वर्षीया बाटुली कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय

यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै रुपन्देही जिल्लाका १८ वर्षीय बुद्धिनारायण कुर्मीलाई जिल्ला अदालतले पुस २० गते ६ वर्षकैद र ५० हजार रुपियाँ जरिबाना हुने गरी फैसला गरेको

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मधुवन मथौल गाविस-५ सिद्धपुरका ३१ वर्षीय अम्बू महतो उरावविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुस २२ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई

बालिका हत्या बारे राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादव हत्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ । मङ्सिर २१ गते बिहानै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन

लक्ष्मी हत्याका आरोपितमध्ये तीन जना पूर्पक्षका लागि थुनामा

सानो वाङ्थली गाविस-७ पौवाडाँडाकी ३२ वर्षीया लक्ष्मी नेपालीलाई गत मङ्सिर २४ गते बिहान उनकै ३४ वर्षीय पति मिलन परियारलगायतले कुटपिट गरेका कारण मृत्यु भएको कर्तव्य ज्यान मुद्दाका आरोपितमध्ये तीन जनालाई

नबालक छोराको हत्यापछि आमाद्वारा आत्महत्या

बरहथवा-११ हिरापुर की २२ वर्षीया सविता पालले पुस २१ गते पाँच वर्षीय छोरा अमन पाललाई विष खुवाएर हत्या गरी आफूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । विष

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

पाण्डुसैन-३ की ३० वर्षीया ज्ञानु जोशी रोकायालाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति जनकबहादुर रोकायालाई पुस २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला, कनका सुन्दरी गाविस-७ का १८ वर्षीय  मुस्कान आचार्य र सोही ठाउँका १७ वर्षीय शेर सिकर्मीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पुस २० गते गिरफ्तार

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गाना र ओखलढुङ्गा जिल्ला चस्मेटार-२ की २० वर्षीया स्मिता कार्कीलाई पुस १९ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले छतिवन गाविस-३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश दयाराम ढकालको पुस २० गते

नाबालिका छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

पिपरिया–३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारी पण्डितको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पुस १८ गते घरको ढोका बन्द

महिला विकास शीर्षकको रकम अन्यत्रै विनियोजन गरेपछि विवाद

गगुडा गाउँ विकास समितिले पुस १८ गते सञ्चालन गरेको २५ औँ गाउँ परिषदमा लक्षित वर्ग तर्फ महिलाको शीर्षकमा छुट्याउनुपर्ने रकम २ लाख ९७ हजार रुपियाँ अन्य शीर्षकमा विनियोन गरेपछि विवाद

बहुविवाह गरेको कसुरमा जनही एक वर्ष कैदको फैसला

बहुविवाह गरेको कसुरमा विष्णुपुरकट्टी गाविस–१ का २१ वर्षीय कमल तामाङ र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले जनही एक/एक वर्ष कैद तथा १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश

शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तकको अभाव कायमै

शैक्षिक सत्र सकिनै लाग्दा समेत बैतडीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

बलात्कार गरेको ठहरमा पाँच वर्षतीन महिना कैदको फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै सल्यान जिल्ला अदालतले फालाबाङ-४ का रमेश रेउलेलाई पाँच वर्षतीन महिना कैद र पीडित महिलाले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ