INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गाना र ओखलढुङ्गा जिल्ला चस्मेटार-२ की २० वर्षीया स्मिता कार्कीलाई पुस १९ गते गिरफ्तार गरेको छ ।

लहान नपा-१५ की २० वर्षीया पुनम ढुङ्गानाले आरोपितद्वयले मङ्सिर १५ गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस १९ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले बताए ।

अन्य

भिडियो