INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला विकास शीर्षकको रकम अन्यत्रै विनियोजन गरेपछि विवाद

गगुडा गाउँ विकास समितिले पुस १८ गते सञ्चालन गरेको २५ औँ गाउँ परिषदमा लक्षित वर्ग तर्फ महिलाको शीर्षकमा छुट्याउनुपर्ने रकम २ लाख ९७ हजार रुपियाँ अन्य शीर्षकमा विनियोन गरेपछि विवाद भएको छ ।

गाविस सचिव हर्क वोगटीले दिएको जानकारी अनुसार लक्षित वर्ग तर्फको महिलाको रकम २ लाख ९७ हजार बाँडफाँडमा चित्त नबुझेपछि उक्त विवाद उत्पन्न भएको हो । स्थानीय महिलाहरूले सबै रकम महिलाको क्षमता विकासमा खर्च गर्ने गरी विनियोजन गर्नु पर्ने माग गरेपछि विवाद भएको गाविस सचिव वोगटीले बताएका छन् ।

महिलाहरूले भने १ लाख रुपियाँ मात्रै क्षमता विकासमा छुट्याएको र बाँकी १ लाख ९७ हजार रुपियाँ अन्यत्रै विनियोजन गरेकोले जुन शीर्षकको रकम हो सम्पूर्ण रकम सोही शीर्षकमा छुट्याउनु पर्ने विचार राख्न थालेपछि विवाद भएको इन्सेकद्वारा गठन गरिएको गाविसस्तरीय मानव अधिकार निगरानी समूहकी सदस्य डम्वरा चन्दले बताइन् ।

महिलाहरूको क्षमता विकासका लागि छुट्याउनु पर्ने २ लाख ९७ हजार रुपियाँमध्ये १ लाख ९७ हजार रुपियाँ स्वास्थ्य चौकीका लागि र १ लाख रुपियाँ मात्र महिलाहरूको क्षमता विकासका लागि विनियोजन गरिएको थियो ।

अन्य

भिडियो