७० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै सल्यान जिल्ला अदालतले फालाबाङ-४ का रमेश रेउलेलाई पाँच वर्षतीन महिना कैद र पीडित महिलाले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
आरोपित र उनका बाबु बाजेको नाममा कुनै अचल सम्पति नदेखिएको भन्दै जरिबाना लगाइएको ५० हजार रुपियाँ महिला तथा वालबालिका कार्यालय सल्यानबाट भराउन आदेश गरिएको जिल्ला अदालतका नायब सुब्बा बिष्णुमणी उपाध्यायले बताए ।
न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले पुस १८ गते सो फैसला गरेको हो । पीडित महिलालाई आरोपितले गत असार ३० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।