३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले छतिवन गाविस-३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ ।
न्यायाधीश दयाराम ढकालको पुस २० गते बसेको इजलासले बलात्कार गरेको ठहर गर्दै पाँच वर्षकैद र पीडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
पीडित महिलालाई आरोपितले गत भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी गरेकी थिइन् ।