४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मधुवन मथौल गाविस-५ सिद्धपुरका ३१ वर्षीय अम्बू महतो उरावविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुस २२ गते उजुरी दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले पुस २१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।
प्रतिकारको क्रममा हातमा चोट लागेको पीडित महिलाले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुस २२ गते गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आरोपित उराव फरार रहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।