INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-६ अम्मरपुरका २४ वर्षीय रामबहादुर कुमाललाई साउन २१ गते गिरफ्तार गरेको छ । त्यस्तै फकाएर विवाह गराईदिएको आरोपमा सोही ठाउँकी ३६ वर्षीया

बलात्कार घटनाका आरोपित आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठलाई साउन २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको घटनामा

मानव अधिकार आयोगको टोली राजविराजमा

मानव अधिकार हनन्सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगमा परेका पुराना उजुरीहरूको अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय जनकपुरको टोली साउन २१ गते राजविराज आएको छ । आयोगका मानव अधिकार अधिकृतहरू चिरञ्जिवी कोइराला

वडा सचिवमाथि हातपात भएकोमा भत्सर्ना, कारबाहीको माग

रामप्रसाद राई गाउँपालिका-२ धोदलेखानीका वडा सचिव सुदिप ढकालमाथि वडा अध्यक्षका प्रत्यासी पुस्कल राईले हातपात गरेकोमा वडा सचिव हकहित संरक्षण मञ्चले भत्सर्ना गर्दै आरोपितलाई कारबाही गर्न मञ्चले माग गरेको छ ।

भरतपुर निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन प्रकाशन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भरतपुर महानगरपालिका-१९ मा आज सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक प्रतिवेदन प्रकाशन गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम नेतृत्वको टोलीले निर्वाचन पर्यवेक्षणका

बैतडीमा सिटामोललगायत अत्यावश्यक औषधि अभाव

बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यक सहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा बिरामीहरूलाई समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा

डा. गोविन्द केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गत साउन ९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यको अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट निरन्तर अनुगमन भइरहेको जनाउँदै जीवन रक्षाको आग्रह

दुई महिनादेखि अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा

दुई महिनादेखि पाल्पा जिल्ला अस्पतालमा रेबिज विरूद्धको एआरटि भ्याक्सिन नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । जिल्ला अस्पतालमा सो भ्याक्सिन नहुँदा सेवाग्राहीहरू महङ्गो मुल्यमा किनेर लगाउन बाध्य भएका छन् । पाल्पा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका-२ का २२ वर्षीय नन्कु चौधरीलाई साउन १९ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालयका सई सुरेन्द्र पन्तले बताए । पीडित बालिकालाई

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका-६ देउरालीकी ४६ वर्षीया अम्बिका श्रेष्ठ राईलाई लाठीले कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति नारदमनी राईलाई साउन २० गते गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई साउन

भरतपुर १९ मा पुनः मतदान सकियो, पहिलेको भन्दा २२ भोट कम खस्यो

अविरल झरीको कुनै प्रवाह नगरी भरतपुर १९ वडाका स्थानीयले मतदान गरेका छन् । पुनः भएको मतदानमा २ हजार ८ सय ७५ मत खसेको भनी प्रारम्भीक जानकारी आएको सहायक निर्वाचन अधिकृत

भरतपुर महानगर-१९ मा पुनः मतदान सुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका-१९ मा साउन २० गते बिहानदेखि पुनः मतदान सुरु भएको राससले जनाएको छ । बिहान ७ बजेपछि सो वडाका तीन

‘स्वाइन फ्लू’ नियन्त्रणको माग गर्दै स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण

राजधानीलगायत देशका विभिन्न ठाँउमा देखिएको ‘स्वाइन फ्लू’ नियन्त्रणको लागि प्रभावकारी कार्यको थालनीको अनुरोध गर्दै मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले साउन १९ गते पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक उमेश

मानव अधिकार देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्छः आयुक्त पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकार जनताले देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र शान्तिका लागि नागरिक समाजको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका-५ का ८५ वर्षीय भिमबहादुर भण्डारीलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित

सरकारी कार्यालय र विद्यालय बन्द

भरतपुर महानगरपालिका-१९ मा साउन २० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने भएको हुँदा उक्त वडामा रहेका सम्पुर्ण शिक्षण संस्था र सरकारी कार्यालयहरू बन्द गर्न जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-३ डेरा गरी बस्ने सप्तरी जिल्ला डाक्नेश्वरी नपा-११ का ३५ वर्षीय बिजुली रामलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित

भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको राससले जनाएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६

मौन अवधिमै चर्को प्रचार, निर्वाचन अधिकारी अनभिज्ञ

सर्वोच्च अदालतको पुनः मतदानको निर्णयपछि साउन २० गते हुन गइरहेको भरतपुर-१९ को निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचार बढाइएको छ । तर, निर्वाचन अधिकारी यो विषयमा अनभिज्ञ रहेको बताउँछन् । अहिलेसम्म

संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

व्यवस्थापिका–संसद्को साउन १८ गते बसेको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोगसम्बन्धी अलग अलग तीन विधेयकलाई पारित गरेको राससले जनाएको छ । संसद्को सामाजिक न्याय तथा