INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिमै चर्को प्रचार, निर्वाचन अधिकारी अनभिज्ञ

सर्वोच्च अदालतको पुनः मतदानको निर्णयपछि साउन २० गते हुन गइरहेको भरतपुर-१९ को निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचार बढाइएको छ । तर, निर्वाचन अधिकारी यो विषयमा अनभिज्ञ रहेको बताउँछन् ।

अहिलेसम्म मुख्य निर्वाचन अधिकारी समक्ष लिखित तथा मौखिक उजुरी नआएकाले यस बारेमा केही भन्न नसकिने निर्वाचन अधिकारीको भनाइ छ ।

विशेषगरी नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताहरू ८/१० जनाको समूहमा बाँडिएर स्थानीय मतदाताहरूको घरघरमा पुगेका छन् ।

प्रतिस्पर्धी दलले मतदाता ‘चोर्ने’ हुन् कि भनी एक अर्कोको चियोचर्चो गर्ने गरेको ती दलका कार्यकर्ताहरूले बताएका छन् । एमाले नेता भीम रावल र काङ्ग्रेस नेता बालकृष्ण खाँड यतिखेर भरतपुर-१९ मा मतदाता भेट्न व्यस्त रहेका छन् ।

माओवादी केन्द्र र नेपाली काङ्ग्रेस गठबन्धनकी मेयर पदकी उमेदवार रेणु दाहालको नेतृत्वमा सानो सानो टिममा बाँडिएर नेका र माओवादीका कार्यकर्ताहरू शारदानगर टाउन बखानपुर क्षेत्रमा जनताको घरदैलोमा भेटघाटमा रहेको एमालेको आरोप छ ।

अन्य

भिडियो