१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-३ डेरा गरी बस्ने सप्तरी जिल्ला डाक्नेश्वरी नपा-११ का ३५ वर्षीय बिजुली रामलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा साउन १९ गते उजुरी दिएको थियो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित राम कुमार उमा प्रसाद अस्पतालमा सोही दिन भएको छ ।