INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

छाउपडी प्रथा अन्त्य गर्ने कानुनी प्रावधानको फ्रान्सद्वारा स्वागत

नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानुन पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको राससले जनाएको छ । मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले

बलात्कार गरेको कसुरमा पाँच वर्षजेल सजायको फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा सर्लाही जिल्ला हरिवन गाविस-९ का २४ वर्षीय गणेश भनिने ज्ञानबहादुर कार्कीलाई जिल्ला अदालतले साउन २६ गते पाँच वर्षजेल र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति

राज्य र राजनीतिक दलले निर्णय कार्यान्वयन नगरेको सहिद परिवारको गुनासो

दुई वर्षअघि सिमाङ्कनमा असन्तुष्टि राख्दै भएको आन्दोलनको क्रममा ज्यान गुमाएका सहिद परिवारले आफुहरूसँग गरेको सहमति राज्य र राजनीतिक दलले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । सहिद परिवारका आफन्तले इन्सेककर्मीसँगको भेटमा

दुई अस्पतालका तीन एम्बुलेन्स ‘कवाडी’मा परिणत

महोत्तरीको प्रमुख बजार केन्द्र बर्दिबास नगरपालिका र सम्सी गाउँपालिकाका दुई सरकारी अस्पतालका तीन एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएपछि ‘कवाडी’मा परिणत भएको छ । एम्बुसेन्स बिग्रिएपछि स्थानीयलाई समस्या भएको छ ।

उपचारकै अभावमा एक बालक आन्द्राबाट दिसा र पिसाव गर्दै, परिवारद्वारा सहयोगको याचना

सरकारले निःशुल्क उपचारको व्यवस्था गरिरहेको बताए पनि उपचारकै अभावमा गुल्मीका एक बालकको अवस्था नाजुक रहेको छ । उपचार खर्च नहुँदा मालिका गाउँपालिका-७ सिमलटारीका चार वर्षीय बालक निशान सुनारले आन्द्राबाट दिसा

कुरीति र परम्पराको अन्त्य गरौँ: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताएको राससले जनाएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा

कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार

जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते ३२ जनाको उपचार भएको जेलर विक्रम केसीले जानकारी दिए ।

बाजुरामा अत्यावश्यक औषधिको अभाव

बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको छ । स्थानीय तहहरू मिलानसँगै औषधिको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय

हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्याको आशङ्का

डुङ्गेश्वर गाउँपालिका-२ लाँकुरी तुलसेनीकी १४ वर्षीया बालिका मनसरा खड्का हराएको एक हप्तापछि मृत अवस्थामा फेला परेकी छन् । डुङ्गेश्वर गाउँपालिका-१ को खाडाखोला दमाखेत जङ्गलमा उनको शव साउन २६ गते फेला

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ३ सय २० ओटा थप उजुरी

सत्य निरूपण तथा मेलमिलाप आयोगले ०७४ असारदेखि साउन २४ गतेसम्म उजुरी दिन म्याद थपेपछि बर्दियाबाट ३ सय २० ओटा थप उजुरी परेका छन् । द्वन्द्व पीडित समिति बर्दियाका अनुसार बर्दिया

फौजदारी कसूरसम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ सर्वसम्मतिले पारित गरेको राससले जनाएको छ । मुलुकी ऐनलाई विस्थापन गर्न प्रस्तुत विभिन्न पाँच विधेयकमध्ये यो पनि एक हो

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का शिवराज सञ्जेल र सोही ठाउँका

डा. केसीको जीवन रक्षा गर्न पूर्व आयुक्त समाजको आग्रह

स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै ११औं पटक आमरण अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोग पूर्व आयुक्त समाजले आग्रह गरेको छ

जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले म्याग्दीमा मानव अधिकारका आधारभुत विषय र समसामयिक समस्याका बारेमा सरोकारवाला निकायसँग साउन २५ गते छलफल गरेको छ । कार्यक्रममा सहभागीले आत्महत्या, ज्येष्ठ नागरिकको

संविधान संशोधनको माग गर्दै विश्व आदिवासी दिवस मनाइयो

‘सम्पूर्ण आदिवासी जनजातिहरूको अभियान, जातीय पहिचानसहितको सङ्घीय संविधान संशोधन’ भन्ने मुल नाराका साथ सुरुङ्गा नपा-४ मधुपट्टीमा साउन २५ गते २३ औँ विश्व आदिवासी दिवस मनाइएको छ । कार्यक्रमका वक्ताहरूले आदिवासी

अस्पतालमै धामीझाँक्रीको भरपर्दा एक जनाको मृत्यु

अन्धविश्वासमा परेर उपचार नपाउँदा हनुमाननगर कंकालिनी नपा-५ का ७८ वर्षीय दुःखाई साहको साउन २५ गते मृत्यु भएको छ । विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्‍याई चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको साटो

छाउपडी अब दण्डनीयः मुलुकी अपराध संहिता विधेयक पारित

छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको राससले जनाएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र

सदरमुकामको बत्ति हेरेर रात बिताउँछन् उखाडीका दलित हलिया

भिरालो जमिन माथि पुरै चट्टान । तल बाहुली गाड । बिचमा सदरमुकाम मार्तडी । नजिकैको एक दलित हलिया बस्ती । हेर्दा सुविधा सम्पन्न ठाउँ जस्तै देखिन्छ । तर, यो समुदायको

थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार हुँदै

‘आन्दोलनमा सँगै रहेका दुई साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे’-रत्ननगर–७ का २९ वर्षीय सञ्जित महतोले भने । २०६५ सालमा तराई भेगमा भएको आन्दोलन अन्तर्गत चितवनमा पनि थरुहट आन्दोलन

बलात्कार घटनाका पीडित पक्षद्वारा उजुरी दर्ता गर्न माग गर्दै प्रदर्शन

१४ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म उजुरी दर्ता नगरेको भन्दै पीडितका आफन्त र स्थानीयबासीले उजुरी दर्ता गरी अनुसन्धान