INSEC Online

समाचार

रोकिराखिएका दुई वटा ट्रकमा आगजनी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताको रिहाइको माग गर्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा गैँडाकोट नपा-२ भृकुटी चोकमा रोकिराखेको दुई वटा ट्रकमा आगजनी

शहरमै केन्द्रीत भयो स्वास्थ्य बिमा !

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ देखि सुरू गरेको स्वास्थ्य बिमा म्याग्दी जिल्लाको ग्रामिण भेगतर्फपुग्नै सकेको छैन । २०७३

राज्यमन्त्री शर्मा साधारण तारेखमा छुटे

ज्यान मुद्दाको आरोपमा अदालतमा आत्मसमर्पण गर्न पुगेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेका छन् । अदालतमा साउन २८ गते हाजिर भई बयान दिएका शर्मा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपनी गाउँपालिका-४ जमुनी मधेपुराका २५ वर्षीय बिताई भनिने बङ्कर मण्डललाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएका बेला ०७५

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गोलबजार नपा- ५ का ५५ वर्षीय महेन्द्रप्रसाद सिंह कोइरीलाई जिल्ला अदालत सिरहाले साउन २८ गते ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको

बलात्कार प्रयासका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-४ का ३५ वर्षीय निमतेञ्जी शेर्पालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार

कर बृद्धिको विरोधमा नगरपालिकामा तोडफोड

रत्ननगर नगरपालिकाले गरेको कर बृद्धिको विरोधमा विभिन्न सात दलले सुरू गरेको रिले अनशन साउन २८ गते दोस्रो दिन पनि जारी रहेको छ । आन्दोलनकारीहरूले २८ गते सोमबार राजश्व शाखाको सिसा

अनुदान रकममा कमिशन असुलेको भन्दै पीडित मुक्त हलियाद्वारा उजुरी दर्ता

नेपाल सरकारले हलिया पुनः स्थापनाका लागि जग्गा किन्न २ लाख रुपियाँ घर निर्माण गर्न ३ लाख रुपियाँ र घर मर्मत गर्न १ लाख २५ हजार रुपियाँ उपलब्ध गराइरहेको छ ।

हुम्लामा खाद्यान्नको अभाव, स्थानीयद्वारा स्थानीय प्रशासन कार्यालय घेराउ

हुम्ला जिल्लामा यो वर्षपनि गत वर्षझैँ खाद्यान्नको समस्या भएपछि स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन । जिल्ला प्रशासन कार्यालयमा चामल पाउनुपर्छ भन्दै करिब ४ सय जना स्थानीयहरू आक्रोशित बनेका

हत्या घटनाको आरोप लागेका प्रदेश नं. २ का मन्त्रीले गरे आत्मसमर्पण

हत्या घटनाको आरोप लागेका प्रदेश नं. २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष साउन २८ गते आत्मसमर्पण गरेको महोत्तरी जिल्ला अदालतका रजिष्ट्रार रामानन्दप्रसाद अधिकारीले

दमौली अस्पतालमा निःशुल्क पाइने औषधिको अभाव

तनहुँको दमौली अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पतालमा नागरिकले निःशुल्क रूपमा पाउने औषधि नहुँदा सेवाग्राहीले शुल्क तिरेर औषधि खरिद गर्नु

कथित बोक्सीको आरोपमा यातना, आरोपित दुई जना गिरफ्तार

निस्दी गाउँपालिका–४ मित्यालमा स्थानीय ६० वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर यातना दिएको आरोपमा प्रहरीले साउन २८ गते दुई जनालाई गिरफ्तार गरेको छ । पूर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका–३ धारादीकी

कथित बोक्सीको आरोप लगाएको घटनाका आरोपित गिरफ्तार

धार्चे गाउँपालिका-६ काशिगाउँमा आमाछोरीलाई कथित बोक्सीको आरोप लगाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय रोशन गुरूङलाई साउन २६ गते गिरफ्तार गरेको छ । कथित बोक्सीका कारण स्थानीय ५२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसिशहर नपा-८ बस्ने २५ वर्षीय हरि दुरालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मदिरा सेवन गरी साउन २६

विद्यालयमै प्रधानाध्यापक कुटिएपछि विद्यालय बन्द

रूपनी गापा-२ पौवाँस्थित जेसीज आधारभूत विद्यालयका प्रधानाध्यापक तिरहुत गाउँपालिका-५ लोहजरा निवासी ५५ वर्षीय सुर्यनारायण मण्डललाई साउन २७ गते दिउँसो कार्यकक्षमा स्थानीयबासीले कुटपिट गरेको भन्दै विद्यालयले कामकाज बन्द गरी इलाका प्रहरी

विराटनगर महानगरपालिका भवन भित्र सकेट बम विष्फोट

विराटनगर महानगरपालिका भवन भित्र साउन २७ गते सकेट बम विष्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विष्फोट भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । मेयर

बलात्कारका घटनामा दोब्वर वृद्धि

देशव्यापी रूपमा बलात्कार घटनाहरूमा बृद्धि भएसँगै अर्घाखाँची जिल्लामा पनि अघिल्लो वर्षको तुलानामा बलात्कार तथा बलात्कार प्रयासका घटनामा यो दोब्वर बृद्धि भएको छ । जिल्लामा अघिल्लो वर्ष अर्थात ०७३/०७४ मा सात

बलात्कार घटनाका फरार आरोपित एक वर्षपछि गिरफ्तार 

१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपित धनगढीमाई नपा–७ का २५ वर्षीय सत्यन मण्डललाई एक वर्षपछि इलाका प्रहरी कार्यालय गोलबजारले साउन २७ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी

स्थानीयबासीद्वारा अस्पताल बन्द गराउँदा बिरामी मर्कामा

कञ्चनरूप नपा–८ स्थित धर्मेश्वर अस्पतालको सम्पूर्ण सेवा साउन २३ गतेदेखि बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् । पूर्व–पश्चिम राजमार्गमा सञ्चालित १५ शैयाको निजी अस्पतालको सम्पूर्ण उपचार सेवा स्थानीयबासीले बन्द गराएपछि

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालकलाई ललाईफकाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घरभई लामो समयदेखि बुटवल उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ७२ वर्षीय (दिनभरी जोगी बनेर माग्ने) सुन्दर पुरीलाई बुटवलस्थित डेराबाट