रत्ननगर नगरपालिकाले गरेको कर बृद्धिको विरोधमा विभिन्न सात दलले सुरू गरेको रिले अनशन साउन २८ गते दोस्रो दिन पनि जारी रहेको छ ।
आन्दोलनकारीहरूले २८ गते सोमबार राजश्व शाखाको सिसा समेत फुटाएका छन् भने कर तिर्न आएका सेवाग्राहीको रसिद समेत च्यातिदिएका छन् ।
नेपाली कङ्ग्रेसलगायत रत्ननगर नगरपालिकामा क्रियाशील विभिन्न सात राजनीतिक दलले संयुक्त रूपमा कर बृद्धि लगायताको ११ वटा मुद्दा उठाएर रिले अनशन थालिएको हो । उनीहरूले अनशनसँगै राजश्व शाखा समेत बन्द गराएका छन् ।
करको दरमा बृद्धि नभएको तर जग्गाको मुल्याङ्कन बढेकाले करको रकम बढेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए ।