विराटनगर महानगरपालिका भवन भित्र साउन २७ गते सकेट बम विष्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विष्फोट भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । मेयर पराजुलीले बम विष्फोट कसले र किन गराएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
भवनको दोस्रो तल्लामा रहेको मेयर पराजुलीको कार्यकक्ष बाहिरको प्यासेजमा बम विष्फोट भएको हो । बम विष्फोटबाट प्यासेजमा राखिएका केही सोफा तथा एउटा स्टिलको दराजमा क्षति पुगेको छ ।
यस्तै महानगरपालिका प्रमुख पराजुलीको को १ ज ४९४ नम्बरको गाडीको सिसा पनि फुटेको छ । मोरङका प्रहरी प्रमुख मनोजकुमार केसीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
बम विष्फोट गराउनेको पहिचानका लागि महानगरपालिकामा रहेको सिसि टिभीको फुटेज प्रहरीले लगेको छ । विष्फोटबाट कार्यालय सहायक शिवचन्द्र ठाकुर बेहोस भएका छन् । उनको उपचार कोशी अञ्चल अस्पतालमा भइरहेको छ ।