INSEC Online

समाचार

घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार

उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका-४ काककोट बस्ने २८ वर्षीया क्याङजु गुरुङलाई कुटपिट गरी हात भाँचेको आरोपमा प्रहरीले ३५ वर्षीय पति फुर्वा गुरुङलाई जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का ५३ वर्षीय उतम राईलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १९ गते यौन दुर्व्यवहार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा लगतै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा इञ्चार्ज ४८ वर्षीय योगेन्द्र कुमाल जेठ २१ गते रिहा भए लगत्तै फेरि गिरफ्तारीमा परेका छन् । वैशाख २२ गते पालुङटार नगरपालिका–७

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मध्यविन्दु नपा–८ का ३८ वर्षीय राजु पाण्डेविरूद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) उजुरी दिएका छन् ।

अपहरण घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई अपरहण गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–७ का २३ वर्षीय विपीनकुमार मण्डललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक

समाचार लेखेको निहुँमा पत्रकारमाथि कुटपिट

समाचार लेखेको निहुँमा महोत्तरीबाट प्रकाशित हुँदै आएको द पब्लिक टुडे राष्ट्रिय दैनिकका समाचारदाता गौशला नपा–२ निगौल बस्ने ३५ वर्षीय रामबाबु यादवमाथि जेठ २२ गते कुटपिट भएको छ । गौशाला नगरपालिका–४

पत्रकार आक्रमण घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धरान उपमहानगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका धनकुटा जिल्ला धनकुटा नपा–१ निवासी दिलबहादुर राईमाथि आक्रमण भएको छ । जेठ २१ गते राति डिबिआर अनलाइन टिभी च्यानलको कार्यालयमा नै राईमाथि आक्रमण भएको

सिकलसेल एनिमियाको औषधि अभाव, भारतबाट खरिद गरी सेवन गर्नुपरेको बिरामीको गुनासो

नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा सिकलसेल एनिमियाको औषधि अभावका कारण बिरामी मर्कामा परेका छन् । निशुल्क भनिएको सिकलसेल एनिमिया रोगको औषधि अस्पतालमा उपलब्ध नहुँदा भारतीय बजारबाट खरिद गरी सेवन गर्नु पर्ने

विद्यार्थीले अस्वाभाविक व्यहार देखाउन थालेपछि साताका लागि विद्यालय बन्द

त्रियुगा नगरपालिका–६ स्थित घनचक्रे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले अस्वाभिक व्यवहार देखाउन थालेपछि जेठ २१ गतेदेखि २७ गते सम्म विद्यालय बन्द गरिएको छ । जेठ १७, १९ र २० गते नौ

जातीय विभेद अन्त्यका लागि सोच र दृष्टिकोणमा परिर्वतन आवश्यकः सरोकारवाला

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय भेदभाव अन्त्यको लागि गैरदलितहरूको सोच र दृष्टिकोणमा सकरात्मक परिर्वतन हुन आवश्यक रहेको बताएका

सूचना बिना शल्यक्रिया सेवा बन्द गर्दा बिरामीलाई सास्ती

कोशी अञ्चल अस्पताल विराटनगरले सूचना बिना शल्यक्रिया सेवा बन्द गर्दा बिरामीले सास्ती पाएका छन् । मर्मत र रङ्गरोगन गर्ने भन्दै अस्पतालले एकसातादेखि बिना सूचना शल्यक्रिया सेवा बन्द गर्दा शल्यक्रिया सेवाका

संविधान र कानुनको पूर्ण पालना गर्दा जातीय विभेदको अन्त्यः सामाजिक विकास मन्त्री बराल

संविधान र कानुनले गरेका व्यवस्थालाई कार्यान्वयन गर्दा मात्रै जातीय विभेद स्वतः अन्त्य हुने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले

बिरामीबिच अस्पतालभित्रै तँछाडमछाड, भागदौडमा दुई जना बिरामीको हातगोडा भाँचियो

भरतपुर अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका बिरामीहरूबिच पहिले भवन भित्र छिर्ने र पहिले पालोमा बस्ने भन्ने विषयमा दौडादौड हुँदा जेठ २१ गते दुई जना घाइते भएका छन् । भरतपुर-१० की

विद्यार्थीमाथि कुटपिट घटनाकी आरोपित शिक्षिका गिरफ्तार

ढिलो विद्यालय आएको निँहुमा विद्यार्थीहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका २६ वर्षीया लक्ष्मी पुनलाई जेठ २० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपित

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता इन्द्रावती गाउँपालिका–२ पाटीगाउँका ४३ वर्षीय पूर्ण मल्ल ठकुरीलाई प्रहरीले जेठ २० गते सदरमुकाम चौताराबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका ठकुरीलाई

कानुन कार्यान्वयनमा प्रभावकारिता जरूरी

प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले कानुन कार्यान्वयनमा रहेको प्रहरी प्रशासनको सक्रियता अझै प्रभावकारी बनाउन सुझाव दिएकी छिन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलनसम्बन्धी राष्ट्रिय दिवसको अवसरमा जेठ २१ गते नारायण नगरपालिकाको

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम वस्तीलाई जेठ २० गते गिरफ्तार गरेको छ । नीलकण्ठ नागरपालिका-१४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पुर्वी चौकी गाउँपालिका-७ सलेनाका ३० वर्षीय सुरत खड्कालाई जेठ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ १६ गते बलात्कार

भूकम्पको केन्द्रबिन्दु बारपाकका भूकम्प पीडित त्रिपालको छाना भएको टहरोमै !

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि बारपाक सुलिकोट गाउँपालिका-१ बारपाक स्थित दलित बस्तीका २५ घरधुरी भने टहरोमै रहेका छन् । छिमेकी टोलमा घर पुनर्निर्माण सकिँदा पनि सो बस्तीका दलित परिवारले

दृष्टिविहीन विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो

नयाँ शैक्षिक सत्र सरू भएको चार महिना बित्न लागिसक्दा पनि दृष्टिविहिन विद्यार्थीले पाठ्यपुस्तक (ब्रेललिपी) नपाएको गुनासो गरेका छन् । हिमाली जिल्लामा २६ माघदेखि नयाँ शैक्षिक सत्र सुरू भएर पठनपाठन सुरू