INSEC Online

समाचार

स्थानीय सरकारसँग बर्थिङ सेन्टर माग

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँकी विसुदा बुढा गत वर्ष ३ घण्टा टाढा पैदल दुरीमा रहेको हाँडसिञ्जा बर्थिङ सेन्टरमा प्रसूतिका लागि लैजाँदालैजाँदै बाटोमै सुत्केरी भइन् । नजिकै बर्थिङ सेन्टर अर्थात प्रसूति गृह

बन्चरो प्रहार गरी पत्नीको हत्या प्रयास, आरोपित गिरफ्तार

जानकी गाउँपालिका–३ की ४५ वर्षीया कप्तरा हरिजनलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति पन्चराम हरिजनलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पति पत्नीबीच भएको

स्वास्थ्य संस्थामा जीवनजल समेतको अभाव

कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँ स्थित विराट स्वास्थ्य चौकीमा जीवनजल समेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुख्खा मौसममा झाडापखालाको

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कारागार गेटबाटै पुनः गिरफ्तार

बारा जिल्ला जीतपुर सीमरा उपमहानगरपालिका–२ मुसर्नीमाईमा बस्दै आएका ४५ वर्षीय भिम खनाल भनेर चिनिने चुडामणी खनाललाई सादा पोशाकका प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता भएको आरोपमा जेठ २५ गते

अज्ञात पक्षबाट प्रेसर कुकर बम विष्फोट, घरमा क्षति मोटरसाइकलमा आगजनी

तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको असराघाटमा रहेको माथिल्लो कर्णाली जलविद्युत निर्माणकर्ता जिएमआरको सम्पर्क कार्यालय नजिक अज्ञात पक्षबाट जेठ २४ गते राति प्रेसर कुकर बम बिष्फोट र मोटरसाइकलमा आगजनी गरिएको छ । स्थानीय

अपरिचित व्यक्तिबाट बालकमाथि एसिड प्रहार, घाइते बालकको उपचार हुँदै

बर्दिवास नपा–२ का १५ वर्षीय सुरज मुखियाको अनुहारमा जेठ २४ गते राति अपरिचित व्यक्तिले एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट मुखिया घाइते भएका छन् । जेठ २४ गते शुक्रबार

लैङ्गिक विभेद कायमैः छोराको मोहमा सात छोरी !

कर्णाली समाजमा लैङ्गिक विभेद कायमै छ । छोरी जन्मँदा उत्सव वा खुशियाली मनाउने गरिँदैन । अस्पतालमा होस या घरमा होस छोरा जन्मिए सिन्दुर जात्रा गर्ने र एक आपसमा खुसियाली साट्ने

ठोरीका ज्येष्ठ नागरिकले आठ महिनासम्म पनि सामाजिक सुरक्षा भत्ता नपाएको आरोप

ठोरी गाउँपालिकाका ज्येष्ठ नागरिकले चालू आर्थिक वर्षमा आठ महिनाको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको आरोप लगाएका छन् । नेपाल सरकारले गाउँपालिकामार्फत प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले नदिएको ज्येष्ठ

डकैती मुद्दाका फरार आरोपितलाई समात्न प्रहरीद्वारा गोली प्रहार, एक जना घाइते

महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न जेठ २४ गते गोली चलाएको छ । काठमाडौँको बौद्ध अत्तरखेलबाट डकैती मुद्दामा फरार रहेका ३९ वर्षीय छिरिङ तामाङलाई गोली हानेर गिरफ्तार

दुई वर्षीया बालिकाको ‘बलात्कार’ गरी हत्या प्रयास घटनाकी आरोपित गिरफ्तार

दुई वर्षीया बालिकालाई ‘बलात्कार’ गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया गाँउकी ४० वर्षीया कलावती देवी गिरीलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित

कुवाको पानी खाएको निहुँमा कथित उपल्लो दलितले कुटपिट गरेको आरोप

दोगडाकेदार गाउँपालिका–८ सैनीमा कुवाको पानी खाएको निहुँमा स्थानीय २८ वर्षीया तुलसी सार्की माथि उपल्लो दलित समुदायकी महिलाद्वारा कुटपीट भएको आरोप छ । कुवामा पानी खाएको निहुँमा स्थानीय ३२ वर्षीया सीता

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित दुई जना अदालतबाटै गिरफ्तार

सर्वोच्च अदालतको आदेश अनुसार हिरासतमुक्त भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गङ्गादेव गाउँपालिका–३ रोल्पाका ५२ वर्षीय चुडामणी ओली र सोही ठाउँका रोल्पा जिल्ला सदस्य ४८ वर्षीय लालबहादुर ओलीलाई

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

भुम्लु गाउँपालिका–१ सापिङकी १७ वर्षीया सविना पन्तलाई खाना नपकाएको भनी चिर्पट प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले २१ वर्षीय पति रुपक पन्तलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई

प्रहरी हिरासतमा रहेका शाहीलाई छाड्न सर्वोच्च अदालतको आदेश

साइबर क्राइमको आरोपमा गिरफ्तारीमा परेका ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । जेठ २४ गते न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिकाका ३१ वर्षीय पतिलाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले

उच्च अदालतले रिहा गरेका आरोपित पुनः गिरफ्तार

उच्च अदालत तुलसीपुर इजलासले रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य घोराही उपमनपा–१३ का ४० वर्षीय बीरवल वलीलाई प्रहरीले जेठ २३

वित्तीय सङ्घसंस्थाका गतिविधि बन्द गर्न विप्लव नेतृत्वको नेकपाको धम्की

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालन र कारोवार गरिरहेका वित्तीय तथा लघुवित्तीय सङ्घ–संस्थाको कारोवार बन्द गर्न जेठ २४ गते धम्की दिएको छ । सो पार्टी निकट

महिला अधिकारका लागि सचेत र सङ्गठित हुन आवश्यकः सरोकारवाला

महिला अधिकारका लागि सचेत र सङ्गठित हुन सके मात्र महिला सशक्तिकरण र सहभागिता बढने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । वियोण्ड बेइजिङ कमिटी (बिबिसी) को आयोजना र थारु महिला उत्थान

हावाहुरीका कारण कैलालीमा दुई जनाको मृत्यु, ९३ जना घाइते

हावाहुरीका कारण जेठ २३ गते साँझ कैलालीमा दुई जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् । हावाहुरीका कारण पोल्ट्रि फर्मको पर्खाल भत्कँदा टिकापुर नपा-७ का ४७ वर्षीय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–४ का २० वर्षीय आकाश चौधरी र २० वर्षीय सुवाश थापालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई तेल बोक्ने ट्याङकर भित्र