INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता इन्द्रावती गाउँपालिका–२ पाटीगाउँका ४३ वर्षीय पूर्ण मल्ल ठकुरीलाई प्रहरीले जेठ २० गते सदरमुकाम चौताराबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका ठकुरीलाई अनुसन्धानको लागी प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीले बताए ।

केही वर्ष अघिदेखि घर छाडेर काठमाडौँ बस्दै आएका ठकुरीलार्ई चौतारा बजारमा घुम्न आएको बेला प्रहरीले गिरफ्तार गरेकोे इन्द्रावती गाउँपालिका–२ का वडा अध्यक्ष विरबहादुर तामाङले बताए ।

अन्य

भिडियो