१३ वर्षीया बालिकालाई अपरहण गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–७ का २३ वर्षीय विपीनकुमार मण्डललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ ।
पीडितका अभिभावकले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक घटनाका आरोपित मण्डललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पीडित बालिकालाई अरोपितले ललाइफकाई जेठ १८ गते बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा जेठ २० गते उजुरी दिएका थिए ।