१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–३ का ५३ वर्षीय उतम राईलाई जेठ २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २० गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २० गते नै इनरूवा अस्पताल सुनसरीमा गरिएको छ ।