INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मध्यविन्दु नपा–८ का ३८ वर्षीय राजु पाण्डेविरूद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) उजुरी दिएका छन् ।

पीडित युवतीलाई आरोपितले जेठ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका हुन् ।

आरोपित पाण्डे फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।  आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको अधिकारीले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छैन ।

अन्य

भिडियो