INSEC Online

समाचार

बम राखेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

विभिन्न ठाँउमा बम राखेको र शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका-८ का ५३ वर्षीय रूद्र पौडेललाई जेठ २६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको

बलात्कार कसुरमा ७ वर्ष कैद फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका- १२ का १९ वर्षीय सुमन केरूङ्गलाई अदालतले जेठ २७ गते ७ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासल सो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा-२ भोर्लेटार चोकका ४२ वर्षीय राजन पन्थलाई जेठ २६ गते गिरफ्तार गरको छ । आरोपितले पीडित बालिकालाई जेठ २५ गते ऋषिङ गाउँपालिका-१

साइबर क्राइम गरेको आरोपमा युट्युब सञ्चालक गिरफ्तार

मेमे नेपाल नामक युट्युब च्यानलका सञ्चालक प्रणेश गौतमलाई प्रहरीले साइबर क्राइमको आरोपमा जेठ २४ गते गिरफ्तार गरेको छ । नेपाली फिल्म वीरविक्रम दुईको समीक्षाका नाममा कलाकारलाई गालीगलौज र अपमानजनक व्यवहार

बलात्कार गरेको कसुरमा १४ वर्ष ६ महिनाको कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले विराटनगर उपमहानगरपालिका-१ का ३८ वर्षीय दिलिप भगतलाई जेठ २६ गते १४ वर्ष ६ महिनाको कैद सजाय फैसला गरेको छ । न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-४ ढोडेनीका ४९ वर्षीय मनबहादुर श्रेष्ठलाई जेठ २७ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले जेठ १५ गते यौन दुर्व्यवहार

यौन दुराचार गरेको कसुरमा क्यानेडियन नागरिकको कसुर ठहर

१२ र १४ वर्षका बालकहरूलाई यौन दुराचार (फेडोफिल) गरेको आरोपमा नेपाल आएका समयमा गिरफ्तारीमा परेका ६१ वर्षीय क्यानेडियन नागरिक PETER JOHN DALGLISH लाई काभ्रे जिल्ला अदालतले जेठ २७ गते कसुर

हिंसा पीडित बालिकालाई न्याय दिलाउन इन्सेककर्मीद्वारा प्रहरीमा उजुरी दर्ता

फिदिम नपा-१ की १३ वर्षीया सन्ध्या राईलाई ३४ वर्षीय बुबा समिर राई र २० वर्षीया कान्छी आमा समीक्षा राईले कुटपिट गर्नुका साथै गालीगलौज गरेको भन्दै इन्सेक पाँचथरले जेठ २६ गते

गुठी विधेयक खारेजीको मागसहितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका चार जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा डाक्टर महेशमान श्रेष्ठ, कृष्णगोपाल भायो, अनिश

जातीय विभेदको घटनामा मिलापत्र 

त्रिपुरासुन्दरी नपा-१ त्रिपुराकोटका धनमाल सार्कीलाई जातीय विभेद गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय इमानसिंह कठायतविरूद्ध उजुरी गरेका पीडितले जेठ २६ गते निवेदन फिर्ता लिएर मिलापत्र गरेका छन् । जातीय विभेदसम्बन्धी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका-६ का ३३ वर्षीय लालबहादुर रानामगरलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ मङ्सिर २६ गते बलात्कार गरेको

क्षयरोगको औषधि अभाव हुँदा सेवाग्राही प्रभावित

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा जेठ १७ गते देखि क्षयरोगको औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिका अन्तर्गतका ६ ओटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरागको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

वाणगङ्गा नगरपालिका–१ बुंचीकी ३९ वर्षीया गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति अगमन चौधरलाई जेठ २६ गते गिरफ्तार गरेको छ । । आरोपितले २६ गते

विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी सहित १८ जनालाई प्रहरीले जेठ २५ गते गिरफ्तार गरेको छ । अन्नपूर्ण गाउँपालिका–११ उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४

बाल विवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई फकाएर विवाह गराएको आरोपमा बेसीशहर नगरपालिका–८ की ३१ वर्षीया सुकुमाया नेपाली र गोरखा जिल्ला बारपाक घर भई पोखरा बस्दै आएका शिव नेपालीविरूद्ध जेठ २४ गते पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१० का २५ वर्षीय दिब्य पौदारलाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई विवाहित रहेका पौदारले ‘विवाह गर्छु’ भनी गत

नवजात शिशुलाई फालेको आरोपमा आमा गिरफ्तार

उर्लाबारी नगरपालिका–६  स्थित मावाखोलामा नवजात शिशु बेवारिसे अवस्थामा छाडेर भागेको आरोपमा इलाम माङसेबुङ गाउँपालिका–६ स्थायी घर भई उर्लाबारी नगरपालिका–६ मा बस्दै आएकी ३० वर्षीया आमा माया राईलाई प्रहरीले जेठ २४

मानव अधिकार रक्षकहरूको चुनौति थपिएकोमा सरोकारवालाहरूद्वारा चिन्ता व्यक्त

मानव अधिकार रक्षकहरूमा चुनौति थपिएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम फिदिममा जेठ २५ गते आयोजित मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रममा सहभागिहरूले

बझाङका सुत्केरीले ११ महिनासम्म पाएनन् भत्ता

बझाङका सुत्केरी महिलाहरूले ११ महिनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहन बापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरूले साउन महिनादेखि सुत्केरीे भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले अस्पताल