२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका-६ का ३३ वर्षीय लालबहादुर रानामगरलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७५ मङ्सिर २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जेठ २६ गते उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा आरोपित लालबहादुरलाई इलाका प्रहरी कार्यालय, बुलिङटारले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय चलान गरेको जिल्ला प्रहरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २७ गते भरतपुर स्थित चितवन जिल्ला अस्पतालमा गरिने प्रहरीले जनाएको छ ।