INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

एक वर्षदेखि पटकपटक बलात्कारमा परेकी बालिकाले विद्यालयमा शिक्षिकालाई भनेपछि घटना प्रहरीसम्म आएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २४ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो