१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा-२ भोर्लेटार चोकका ४२ वर्षीय राजन पन्थलाई जेठ २६ गते गिरफ्तार गरको छ । आरोपितले पीडित बालिकालाई जेठ २५ गते ऋषिङ गाउँपालिका-१ कोइदिममा बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, तनहुँको टोलीले पन्थलाई सोही ठाउँबाट गिरफ्तार गरि अनुसन्धान गरिरहेको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । घटनाका बारेमा पीडित बालिकाले जेठ २६ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा लिखित उजुरी दिएको डिएसपी लामिछानेले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण जेठ २६ गते नै जिल्ला अस्पताल दमौलीमा भयो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,