१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले विराटनगर उपमहानगरपालिका-१ का ३८ वर्षीय दिलिप भगतलाई जेठ २६ गते १४ वर्ष ६ महिनाको कैद सजाय फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रप्रसाद पोख्रेलको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै २० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।
पीडित बालिकलाई भगतले ०७५ चैत ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले भगतलाई सोही दिन गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा चैत ७ गते गरिएको थियो ।