INSEC Online

📅 २०८३ असार १४

समाचार

उदयपुरका बाढी प्रभावितलाई प्रदेश सरकारद्वारा राहत उपलब्ध गराउन सुरु

सप्तकोशी नदीको भङ्गालो बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट गाउँतर्फ पसेपछि प्रभावित भएकाहरूलाई प्रदेश सरकार १, सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत उपलब्ध गराउन थालेको छ । साउन १६ गतेको वर्षापछि

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३२  महिने नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ५८ वर्षीय हजुरबुबालाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १८ गते यौन दुर्व्यवहार गरेको

गाउँपालिकामा १८ दिन देखि तालाबन्दी, सेवाबाट वञ्चित सेवाग्राही

गैडहवा गाउँपालिकामा १८ दिनदेखि लगाएको ताला नखुल्दा गाउँपालिकाबाट पाउने सेवाबाट सेवाग्राही वञ्चित भएका छन् । सेवाग्राहीहरू सेवा लिन गाउँपालिका पुग्छन् तालाबन्द भएका कारण  सेवा नलिई फर्किने गरेका छन् । “चुनावमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–५ का २८ वर्षीय चमन बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन १७ गते बलात्कार गरेको भन्दै पीडित

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १८ गते) 

साउन १८ गते ५ सय ९० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नहुँदा बिरामीलाई सास्ती

व्याँस गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको म्याद थप नभएपछि यस क्षेत्रका बिरामीहरुले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु परेको छ । व्याँस गाउँपालिका–२ दुम्लिङका हायात जोहारीले पेट दुख्ने

पाठ्य पुस्तक अभावमा पठन पाठन प्रभावित

शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा समेत पाठ्यपुस्तक नआएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ । जिल्लाका अधिकांश विद्यालयमा पूर्ण पाठ्यपुस्तक नहुँदा जिल्लाभरी कै पठनपाठनमा समस्या आइरहेको जिल्ला शिक्षा

फलामको मुस्ली प्रहार गरी बाबुको हत्या, घटनाका आरोपित गिरफ्तार

छथर गाउँपालिका–५ ओख्रेका ५३ वर्षीय बाबु भक्तबहादुर भण्डारीलाई साउन १७ गते फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय छोरा टङ्क भण्डारीलाई साउन १८ गते गिरफ्तार गरेको छ

सप्तकोशीको भङ्गालो गाउँ पस्दा बेलका नगरपालिकाका नौ हजार घरधुरी डुबानको उच्च जोखिममा

अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट कोशीको भङ्गालो गाउँतर्फ पसेपछि नौ हजार घरधुरी डुबानको उच्च जोखिममा परेका छन् । बाढीमा फसेकाहरूलाई स्थानीय

बलात्कार गरेको आरोपमा गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै सोही दिन राति

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेता तथा कार्यकर्ताविरुद्ध जारी पक्राउ पुर्जीको विरोध

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २३ जना नेता तथा कार्यकर्तालाई ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा प्रतिनिधि सभामा प्रमुख

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते) 

साउन १७ गते ५ सय ९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८७ हजार ७ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४

कुटपिट गरेको आरोपमा पति विरूद्ध उजुरी

तिलोत्तमा नगरपालिका–१७ की ३० वर्षीया वर्षा थारूले आफूलाई कुटपिट गरेको आरोपमा पति २७ वर्षीय मोहन थारू विरूद्ध साउन १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । पीडितलाई आरोपितले

पाँच ओटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्नु परेको गुनासो

चन्दननाथ नगरपालिका–५ अर्थात यहाँको मुख्य सदरमुकाम खलङ्गास्थित चन्दननाथ मन्दिरमा गुरुकुल पाठशालाका विद्यार्थीले पाँच ओटा कक्षाका एउटै कोठामा बस्नु परेको गुनासो गरेका छन् । गुरुकुल पाठशालामा कक्षा ३ मा अध्ययनरत छात्रा

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत खरिदार, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गका ३८ वर्षीय महेन्द्र शाहीलाई साउन १६

हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण कार्य अलपत्र

जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेगमा पर्ने सिंजा उपत्यकामा तीन ओटा गाउँपालिका पर्दछ । सिंजा उपत्यकामा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका छन् । कनकासुन्दरी गाउँपालिका सदरमुकाम खलङ्गादेखि झण्डै ७० किलोमिटर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–१० का ३८ वर्षीय राजकुमार विकलाई साउन १५ गते गिरफ्तार गरेको छ । आरोपित बिकले बालिकालाई असार २८ गते

घरेलु हिंसापीडित महिलालाई कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित चौरजहारी नगरपालिका–१२ जोगीनेटाकी २१ वर्षीया मेनुका वलीलाई कानुनी प्रकृयामा जान साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । पीडितले आफ्नो आर्थिक अवस्था

विभेदको पराकाष्टाः नागरिकतामै कुकुर कामी ! 

नागरिकताको प्रमाणपत्र वितरण गर्ने दैलेखमा तत्कालिन नापी अधिकृत दुर्गाप्रसाद गिरीको नागरिकता टोलीले कविराम कामी नाम बताउँदाबताउँदै ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको कविरामले आरोप लगाउनु भएको छ । २०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले

द्वन्द्वकालमा हटाइएका ठाउँमा मतदानस्थल थप्न सिफारिस

जिल्लामा पाँच ओटा मतदानस्थल थप्न सिफारिस गरिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाभर पाँच ओटा मतदानस्थल थप्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत जयप्रकाश बस्नेतले बताउनु भयो । सशस्त्र