तिलोत्तमा नगरपालिका–१७ की ३० वर्षीया वर्षा थारूले आफूलाई कुटपिट गरेको आरोपमा पति २७ वर्षीय मोहन थारू विरूद्ध साउन १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै आएको र अन्तिम पटक साउन १५ गते कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिनु भएको हो ।
सधैजसो मादक पदार्थ खाएर आफू र छोरालाई कुटपिट गर्ने गरेको, घाँटी थिचेर मार्छु र भारततीर भाग्छु भनेर धम्की दिने गरेको पीडित महिलाले बताउनु भयो ।
आफूलाई कुटपिट गर्दा कति पटक सासुले छुटाएको बताउदै अब सहेर बस्न नसक्ने भएकाले न्यायका लागि प्रहरीमा उजुरी दिएको बताउनु भयो । पीडित हाल दिदीको घरमा आश्रय लिएर बस्नु भएको छ ।
कुटपिटबाट घाँटी र शरिरका विभिन्न भागमा निलडाम भएकी पीडितको उपचार र स्वास्थ्य परीक्षण साउन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले पीडितले हिंसा भएको भन्दै उजुरी दिएकोले उजुरी उपर अनुसन्धान भइरहेको र आरोपित घरमा नभएकोले खोजी भइरहेको बताउनु भयो ।