INSEC Online

समाचार

छात्रावासमा मृत भेटिएका बालकको घटनामा छानबिन गर्न सञ्जालको माग

वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयको छात्रावासमा मृत भेटिएका बालकको घटनाको छानबिन गर्न मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ । कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्वर ढकालको अध्यक्षतामा

प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेको आरोप

मिर्चैया नगरपालिका–१० का १३ वर्षीय बलकलाई प्रधानाध्यापक चन्द्रदिप साहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । मिर्चैया नगरपालिका–७ स्थित अक्षर पाठशालाका प्रधानाध्यापक साहले ०८० असोज १२ गते पाइपले कुटपिट

मानव अधिकार उल्लङ्घनका विषयलाई साझा मुद्दा बनाउन आवश्यक : अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कन्दन अर्यालले मानव अधिकार उल्लङ्घनका विषयलाई पत्रकार र मानव अधिकार रक्षकले साझा मुद्दा बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकको आयोजनामा असोज १४

इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल

नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ ।  इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था

स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य

जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो

आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट

कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र

भानु नगरपालिकाले लागु गर्‍याे स्थानीय पाठ्यक्रम

भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको

चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा  प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका

बालसुधार गृहबाट भागेका बालकहरू पुनः गिरफ्तार

वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट भागेका दुई जना बालकहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते भागेका दुई जना बालक

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो

न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३

बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै

गालीगलौज घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका ४० वर्षीय नरप्रसाद सञ्ज्यालविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–५ मोतिपुरका २४ वर्षीय दिलिप कुमार महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० असोज १२ गते पीडित पक्षले उजुरी दिनु भएको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया दुई जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा धनुषा जिल्लाको सहिद नगरपालिका–४ मौरिया टोलका २३ वर्षीय अनिकित कुमार यादव र पर्सा जिल्ला पर्टेवा सुगौली गाउँपालिका–४ का २२ वर्षीय सुचित

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउने प्रतिबद्धता : मुख्यमन्त्री शर्मा

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालसहितको टोलीले मानव अधिकारका समसामयिक विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गर्नुभएको छ । अध्यक्ष अर्यालले असोज १३ गते मानव अधिकार

पटाकाको विषयमा बालकमाथि कुटपिट

रुपनी गाउँपालिका–२ का १३ वर्षीय बालकलाई छिमेकी ५२ वर्षीय देवकृष्ण यादव, उनकी ४८ वर्षीया पत्नी फूलबरिया देवी र ३० वर्षीय छोरा महेशले कुटपिट गरेको भन्दै उनका परिवारले आरोप लगाएका छन्

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

नेत्रावती डबजोङ गाउँपालिका-४, हजारेबिसटोलकी ७२ वर्षीया सुकमायाँ गुरुङको खुर्पाले हानेर हत्या गरेको आरोपमा ३८ वर्षीय मङ्गल गुरुङलाई प्रहरीले ०८० असोज १२ गते गिरफ्तार गरेको छ । आरोपित गुरुङ विरुद्ध पीडित