INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउने प्रतिबद्धता : मुख्यमन्त्री शर्मा

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालसहितको टोलीले मानव अधिकारका समसामयिक विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गर्नुभएको छ ।

अध्यक्ष अर्यालले असोज १३ गते मानव अधिकार रक्षकहरु नै असुरक्षित भएकोले सुरक्षा र संरक्षणका लागि कानुनको आवश्यकता रहेकोले त्यस तर्फ प्रदेश सरकारले आवश्यक कानुन बनाउन मुख्यमन्त्री शर्मालाई अनुरोध गर्नुभएको हो । अध्यक्ष अर्यालले इन्सेकले तयार पारेको नमूना विधेयक मुख्यमन्त्री शर्मालाई हस्तान्तरण समेत गर्नुभएको छ । त्यस्तै भेटघाटका क्रममा मुख्यमन्त्री शर्माले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउन सरकारको प्रमुखको हैसियतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि कानुन बनाउन  आवश्यक पहल गर्ने मुख्यमन्त्री शर्माले बताउनु  भयो । यस विषयमा मेरो ध्यानाकर्षण भयो मुख्य मन्त्रीले भन्नु भयो । कर्णाली प्रदेशमा आफूले धेरै काम गर्न खोजेको भएपनि सोचे अनुसार काम गर्न नसकिएको मुख्यमन्त्री शर्माले बताउनु भयो ।

मुख्यमन्त्रीसँगको भेटमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकार र सामाजिक न्याय लगायतका विषयमा इन्सेकले प्रदेश सरकारसँग सहकार्य गर्न खोजेको बताउनु भयो ।

त्यस्तै उक्त टोलीले इन्सेकद्धारा सञ्चालित मानव अधिकार स्रोत केन्द्रको व्यवस्थापन लगायतको विषयमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालसँग  छलफल गरेको छ । छलफलका क्रममा नगरप्रमुख ढकालले मानव अधिकार स्रोत केन्द्रका लागि इनसेकसँग समन्वय गरेर कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेटघाट टोलीमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम र इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको सहभागिता रहेको थियो ।

Photo20231001 Surkhet (2)

Photo20231001 Surkhet (1)

अन्य

भिडियो