पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० असोज १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूत सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल उदयपुर, गाईघाटमा भइरहेको छ ।