अदानचुली गाउँपालिका–२ का ३१ वर्षीय कुलबहादुर कटुवाल, २८ वर्षीय कमल नेपाली र ३५ वर्षीया लक्ष्मी भियालले अदानचुली गाउँपालिका–४ का लौठीका ४० वर्षीय नरप्रसाद सञ्ज्यालविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।
आरोपितले सामाजिक सञ्जाल फेसबुकमा आफूहरूलाई ‘डुम’ भनि लेखेर गालीगलौज र अपमान गरेको गरेपछि अदानचुली गाउँपालिका–३ स्थित गल्फाड प्रहरी चौकी श्रीनगरमा उजुरी दिएको पीडित कुलबहादुर कटुवालले बताउनु भयो ।
आरक्षणको सुविधाका विषयमा आरोपितले फेसबुकमा सुविधा लिन हुने डुम भन्न नहुने लेखेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षलाई फेसबुकमा मानमर्दन हुने गरी लेखेको र सो विषयमा प्रहरीमा उजुरी ०८० असोज १२ गते प्रहरीमा उजुरी परेको प्रहरी चौकी श्रीनगरका असइ खगेन्द्र सुनारले बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।