INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित

व्यवस्थापिका-संसद्को जेठ २५ गतेको बैठकले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४” बहुमतले पारित गरेको राससले जनाएको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका-९ का २५ वर्षीय सन्तोष शर्मा बडहीलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बहडीले ०७३ पुस २४ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ का २५ वर्षीय रामकुमार मगरलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सवल परियोजनाविरुद्ध उजुरी

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका एक उम्मेदवारले प्रचारको सामग्री टिसर्ट बनाउँदा सवल शब्द लेखेको जनाउँदै उक्त टिसर्ट जिल्लामा सञ्चालित सवल परियोजनाले प्रायोजन गरेको आरोपमा नेकपा माओवादी केन्द्रले जेठ २३ गते

बहुविवाह घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पलाता गाउँपालिका-६ का ३५ वर्षीय लङ्क बुढाले जुम्ला जिल्लाकी २२ वर्षीया एकु रोकायासँग बहुविवाह गरी भागेको भन्दै लङ्ककी जेठी पत्नी ३२ वर्षीया सूचना बुढाले जिल्ला प्रहरी कार्यालय कालिकोटमा जेठ २५

नौ वर्षीया बालिकाको घर भित्रै विभत्स हत्या

दमक नपा-२ की नौ वर्षीया बालिका गङ्गा दहालको विभत्स तरिकाले जेठ २४ गते साँझ घरभित्रै हत्या भएको छ । स्थानीयका अनुसार साँझ बालिका विद्यालयबाट घर फर्केकी थिइन् । सो समयमा

सशस्त्र प्रहरीले कुटपिट गरको स्थानीयको आरोप

सशस्त्र प्रहरीले युवाहरूलाई बिनाकारण कुटपिट गरेको पालुङटार नगरपालिका-१ खोप्लाङ वेल्टारका स्थानीयहरूले आरोप लगाएका छन् । जेठ २४ गते गस्तिमा गएका सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठले बिनाकारण युवाहरूलाई कुटपिट गरेको स्थानीयहरूले आरोप

पानी पनि नखाइ आमरण अनसन बस्ने द्वन्द्वपीडित गङ्गामायाको अडान

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि जेठ २४ गतेदेखि पानीसमेत नखाइ आमरण बस्ने अडान दोहोर्‍याएकी छन् । उनका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको १३

दुई आयोगलाई स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्न, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको

नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना नेता तथा कार्याकतालाई प्रहरीले जेठ २४ गते गिरफ्तार गरेको छ । माण्डवी गाउँपालिका-१ तिराममा पार्टी कमिटीको बैठक बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २४ गते जहदा गाउँपालिका-२ का २९ वर्षीय जितेन्द्रप्रसाद साहलाई ६ वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासले साहलाई

नयाँशक्तिका कार्यकर्तामाथि वाइसिएलका कार्यकर्ताद्वारा आक्रमण

राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ता ३२ वर्षीय जीवलाल न्यौपानेलाई वाइसिएलका राप्ती गाउँपालिका इञ्चार्ज दीपक पुनले जेठ २३ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ । भालुवाङ

आचारसंहिता विपरीत सडकको शिलन्यास गरेको भन्दै उजुरी

नेपाली काङ्ग्रेसका महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार हंशराज भट्टसहितको टोलीले नगरपालिकाको श्रीवगड कोट कौतली सडक खण्डको जेठ २३ गते शिलान्यास गरेको भन्दै नेकपा एमाले दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

माओवादी कार्यकर्ताद्वारा एमालेका कार्यकर्ता अपहरण गरेको आरोप

अदानचुलि गाउँपालिका-१ का नेकपा एमालेमा आबद्ध २२ वर्षीय छक्क महतारालाई माओवादी केन्द्रका पाँच जना कार्यकर्ताले जेठ २४ गते बिहान अपहराण गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित आफ्नै घरमा

बलात्कारका आरोपित गिरफ्तार

२८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-२ का ४५ वर्षीय दशरथ थारूलाई जेठ २३ गते भुजौलीबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २३ गते बलात्कार गरेको

नेपाल कम्युनिष्ट पार्टी आबद्ध १० जना कलाकार गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध १० जना कलाकारलाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको छ । सुकीदह गाउँपालिकाको पाछाबाङमा सांस्कृतिक कार्यक्रम गरी दुईखोली गाउँपालिकाको इरिबाङ पुगेका कलाकारलाई

अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन नहुँदा सेवाग्राही मर्कामा

जनावरले टोके पश्चात् लगाइने रेबिज विरूद्धको भ्याक्सिन आवश्यकता अनुसार नहुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवल पुग्ने सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पताल स्रोतका अनुसार १० देखि १५ जनासम्म बिरामी विभिन्न जनावरले

स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक प्रस्तुत

व्यवस्थापिका-संसद्को जेठ २३ गते बसेको बैठकमा स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ प्रस्तुत भएको राससले जनाएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सो विधेयक प्रस्तुत गर्दै अहिले सबै

एमालेको कार्यक्रम र निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक

राष्ट्रिय जनता पार्टी नेपाल राजविराज नगरपालिका जनआन्दोलन कमिटिले जेठ २३ गते नेकपा (एमाले) को कार्यक्रमको विरोध गर्नेसहितको स्थानीय तहको निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । राजविराजस्थित पबि माविको मैदानमा

न्यायधीश निर्वाचनमा व्यस्त हुँदा मुद्दा प्रभावित

प्रमुख निर्वाचन अधिकृतको रूपमा चितवन जिल्ला अदालतका न्यायाधीश खटिएका कारण अदालतको कामकाज प्रभावित भएको छ । न्यायाधीश कविप्रसाद न्यौपाने झण्डै २ महिनादेखि भरतपुर महानगरपालिकाको निर्वाचनमा व्यस्त रहँदा चितवन अदालतमा उनले