INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २४ गते जहदा गाउँपालिका-२ का २९ वर्षीय जितेन्द्रप्रसाद साहलाई ६ वर्षकैद फैसला सुनाएको छ ।

न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासले साहलाई ६ वर्षकैदसँगै १५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए ।

साहले बालिकालाई ०७४ साल वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २ गते उजुरी दिएपछि आरोपितलाई वैशाख ३ गते गिरफ्तार गरी मुद्दा चलाइएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो ।

अन्य

भिडियो