INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका-९ का २५ वर्षीय सन्तोष शर्मा बडहीलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई बहडीले ०७३ पुस २४ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले माघ ३ गते प्रहरीमा उजुरी दिएका थिए ।

घटनापश्चात खोजीमा रहेका आरोपित शर्मा बडहीलाई गिरफ्तार गरिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी योगेन्द्र सिंह थापाले बताए ।

अन्य

भिडियो