यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार
३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार
सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको टोलीले असार २० गते तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित तिलाठी गाउँको अवलोकन निरीक्षण गरेको छ ।
२६ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमान लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले बेलहिया नाकाबाट उद्दार गरी एक जना आरोपितलाई असार २० गते साँझ
हुम्लाका स्थानीयबासीले पाँच केजी चामलको कुपन लिन जिल्ला प्रशासन कार्यालयमा चार घण्टा लाइनमा बस्नु परेको गुनासो गरेका छन् । जिल्लामा पाँच महिनापछि नेपाल खाद्य संस्थानले खाद्यान्न विक्री गर्ने भएपछि चामलको
बहुविवाहका आरोपितहरू लामीडाँडा गाउँपालिका-६ हौचुरका २८ वर्षीय शेखर खड्का र २३ वर्षीया शारदा पाण्डेलाई जिल्ला अदालतले असार १९ गते १ वर्षतीन महिना कैद सजायको फैसला गरेको छ । बहुविवाह गरि
चौरजहारी नगरपालिका-१४ नुवाकोटकी ४१ वर्षीया ललिता रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ४५ वर्षीय पति डिल्लीबहादुर रानालाई असार २० गते गिरफ्तार गरेको छ । पीडित ललिततालाई
राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन असार २० गते सार्वजनिक गरेको राससले जनाएको छ । आयोगले आज सार्वजनिक गरेको
१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा-३ का १९ वर्षीय अब्दुल्ला भन्ने सकिल मुसलमानविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको छ । पीडित बालिकालाई
आवुँखैरेनी गाउँपालिका-१ पोखरीटारमा बिरामीलाई उपचार गर्ने भवन नहुँदा चौरमै राखी उपचार गर्नु परेको छ । यातयातको साधनसमेत नपुगेको उक्त गाउँमा असार १८ गतेदेखि फैलिएको झाडापखलाका बिरामीलाई बाहिर चौरमै राखी उपचार
आठराई गाउँपालिका-३ ह्वाकुका ४२ वर्षीय नेकपा एमालेका कार्यककर्ता ताराबहादुर बानियालाई असार १८ गते अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । निर्वाचनको परिणाम आएपछि नेकपा एमालेले ह्वाकुमा आयोजना गरेको कार्यक्रममा
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई जिल्ला अदालतले असार १९ गते चार वर्षकैदको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले सो
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ । ०७१ साल कार्तिक २ गतेदेखि २०७४ असार १५ गतेसम्मको अवधिमा आयोगले सम्पादन गरेका महत्वपूर्ण कार्यको
आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका
३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज लालबहादुर बिसीले १९ गते
स्थानीय तह निर्वाचनको मतगणना सकिएपछि विजयी पार्टीका उम्मेदवारहरूले विजय जुलुस निकालिरहेका छन् । विजयी उम्मेदवारले विजय जुलुसमा बालबालिकाको प्रयोग गर्न भने छोडेका छैनन् । सन्धिखर्क नगरपालिकमा नेपाली काङ्ग्रेस र माओवादी
पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको हत्या भएको घटनाको अनुसन्धान भइरहेको अवस्थामा ४२ वर्षीय पति दरोगा
२७ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-६ पिप्रा पूर्वका ३५ वर्षीय विसो मलाहा मुखियालाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन
रोल्पा नगरपालिका-१० को मत गणनाको विषयलाई लिएर असार १६ गते काङ्ग्रेस कार्यकर्ताहरूलाई वाइसिएलले कुटपिट गरेको पीडित पक्षको आरोप छ । साँझ ५ः३० बजेतिर लिबाङको वङ्शी चिया पसलमा नास्ता खाइरहेका काङ्ग्रेस
रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित त्रिवेणी चोकमा नेपाली काङ्ग्रेसले विजय जुलुस गरिरहेका समयमा होटलमा बसेर वियर तथा रेडबुलका बोतल प्रहार गरेको आरोपमा प्रहरीले एमालेका ३७ वर्षीय सुवास आचार्य, ३४ वर्षीय भीम