INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच केजी चामलको कुपन लिन चार घण्टा लाइनमा बस्नु पर्ने स्थानीयबासीको गुनासो

हुम्लाका स्थानीयबासीले पाँच केजी चामलको कुपन लिन जिल्ला प्रशासन कार्यालयमा चार घण्टा लाइनमा बस्नु परेको गुनासो गरेका छन् ।

Photo20170705Humla

जिल्लामा पाँच महिनापछि नेपाल खाद्य संस्थानले खाद्यान्न विक्री गर्ने भएपछि चामलको कुपन लिन सदरमुकाम सिमकोटमा करिब ५ सय स्थानीयबासीले लामो समय लाइनमा बस्नु परेको हो ।

चार घण्टा लाइनमा बसेपछि खाद्यान्नको कुपन पाएको सिमकोट गाउँपालिका-५ की काली बोहोराले बताइन् । उनले भनिन-‘कुपन पाएपछि फेरि तीन घण्टा लाइनमा बसेपछि पाँच केजी चामल पाएँ ।’

उनी जस्तै लामो समय लाइनमा बस्ने समस्या अन्य स्थानीयबासीको पनि रहेको छ । खाद्य संस्थानले ६ क्वीन्टल खाद्यान्न विक्री भएको जनाएको छ ।

स्थानीय प्रशासनले कुपन वितरण प्रकृया र चामल वितरण प्रकृया प्रभावकारी नगर्दा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको अधिकारकर्मी तथा स्थानीयबासी रमेश ऐडीले बताए ।

अन्य

भिडियो