INSEC Online

📅 २०८३ जेष्ठ २४

समाचार

उच्चस्तरीय जाँचबुझ आयोग सप्तरीमा

तराई, मधेस, थरूहटलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग असार २५ गते सप्तरी आएको छ । ०७३ कात्तिक १ गते सपथ ग्रहण गरेर काम

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका-२ पोखराका ६४ वर्षीय केशर परियारलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा तरूणदलका कार्यकर्ता घाइते भएको आरोप

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन तरूणदलका पुथा उत्तरगङ्गा संयोजक ३५ वर्षीया नविन पुनलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गरी गम्भीर घाइते बनाएको नेपाली काङ्ग्रेस रूकुमले आरोप लगाएको छ । असार १८ गते

औषधिको अभाव भएपछि आँखा पाक्ने रोग जिल्लाभर

हुम्ला जिल्लाभर नै औषधिको अभाव भएपछि बालबालिकाहरूमा आँखा पाक्ने रोग फैलिँदै आएको छ । मौसम परिवर्तनसँगै अहिले हुम्लाका सातै ओटा गाउँपालिकामा आँखा चिलाउने, रातो हुने, बिजाउने, पछि आँखा पाक्ने लक्षण

शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा

लालीगुराँस बाल क्लबले शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै राजविराज नपा-७ स्थित गजेन्द्र चोकमा असार २४ गतेदेखि रिले अनसन थालेका छन् । शैक्षिक क्षेत्रका विविध समस्या समाधानका लागि बाल सम्मेलनले

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समशेर भनिने ७० वर्षीय प्रेमनाथ उप्रेतीविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार

दोस्रो चरणको नतिजा अन्तिममा, भरतपुर १९ बारे अन्यौल कायमै

असार १४ गते सम्पन्न दोस्रो चरणको चुनावको नतिजा आउन अब आधादर्जन जति मात्र स्थानीय तह बाँकी छन् । तर, वैशाख ३१ गते भएको पहिलो चरणकै चुनावको हालसम्म नतिजा आउन सकेको

सर्पले टोकेर छाउगोठमा बसेकी युवतीको मृत्यू

महिनावारीको समयमा सुत्ने छाउगोठमा बसेको बेला दैलेखमा सर्पले टोकेर एक युवतीको मृत्यू भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वषर्ीया तुलसी शाहीको मृत्यू भएको पूर्वसभासद् जग्गेबहादुर शाहीले जानकारी दिए

इन्सेकको पहलमा घरेलु हिंसा तथा कुष्ठरोग पीडितले खानलाउन र लत्ताकपडा पाइन्

माइती घरबाट अपहेलित कुष्ठरोग पीडित सिमकोट गाउँपालिका-८ की ७० वर्षीया गोला शाहीको पक्षमा इन्सेकले वकालत गरेपछि जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी तथा गैरसरकारी निकायबाट खाने व्यवस्था र ओढने, ओछ्याउने कपडा सहयोग

डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिएको उपभोक्ताको गुनासो

जुम्लाका व्यापारीले पसलमा राखेका डिजिटल ढक तराजु प्रमाणीकरण नहुँदा ठगिनु परेको उपभोक्ताले गुनासो गरेका छन् । नापतौल विभागको प्रमाणीकरण पश्चात मात्र खरिद विक्री गर्न पाइने भएपनि बिना प्रमाणीकरण जुम्लाका अधिकांश

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२ गते सदरमुकाम खलङ्गास्थित मयूर होटलमा अमानवीय व्यवहार गरेका छन् ।

आफैँले दिएको उजुरी विपरीत वकपत्र गर्ने महिलालाई एक महिना कैदको फैसला

आफैँले दिएको बलात्कारसम्बन्धी मुद्दाको विपरीत अदालतमा वकपत्र गर्ने एक महिलालाई दैलेख जिल्ला अदालतले एक महिना कैदको फैसला गरेको छ । महाबु गाउँपालिका-५ का २३ वर्षीय दीपक पाण्डेले बलात्कार गरेको भनी

द्वन्द्व पीडितलाई राहत वितरण

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रसुवाका द्वन्द्व पीडितहरूलाई असार २३ गते एक कार्यक्रममा राहत रकम वितरण गरिएको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही पक्षबाट हत्या गरिएका र बेपत्ता पारिएका

छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

लेकवेशी नपा-९ की ३२ वर्षीया टिकाकुमारी मिजारलाई सार्वजनिक धाराको पानी छोएको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३८ वर्षीया मनकुमारी राई र उनका २० वर्षीय छोरा मनबहादुर राईलाई प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा-४ का २२ वर्षीय हरि घर्तीलाई असार २१ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार २१ बलात्कार गरेको आरोपमा

विद्यालयमा शिक्षक नियमित नहुँदा पठनपाठन प्रभावित

सदरमुकाम सिमकोटदेखि सात कोष टाढा रहेको बलभद्र प्राथमिक विद्यालयमा कार्यरत शिक्षक विद्यालयमा नियमित नआउँदा ०७३ फागुनदेखि उक्त विद्यालयको पठनपाठन प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् । सिमकोट गाउँपालिका-८ स्थित उक्त

भारतको दिल्लीबाट नौ जना बालकको उद्धार

भारतको दिल्लीबाट नौ जना बालकलाई उद्धार गरी असार २२ गते नेपालगञ्ज ल्याइएको माइती नेपालले जनाएको छ । केन्द्रीय बाल कल्याण समिति, जिल्ला बाल कल्याण समिति र माइती नेपालले दिल्लीस्थित सलाम

निर्वाचनमा असहयोग गरेको आरोपमा अमानवीय व्यवहार

स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेसका युवा नेता ३८ वर्षीय युवराज पौडेललाई काङ्ग्रेसका कार्यकर्ताले अमानवीय व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पाँच वर्षीय बालकमाथि निर्घात कुटपिट

भोजपुर नपा-१२ का पाँच वर्षीय बालक निशान रम्तेललाई उनका सौतेनी आमा उर्मीला रम्तेलले असार २१ गते शरीरमा निलडाम हुनेगरी निर्घात रुपमा कुटपिट गरेका छन् । लौरोले अनुहार र पिठ्यूँलगायत विभिन्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४० वर्षीय रामनरेश शर्मालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २१ गते बलात्कार गरेको आरोपमा