२७ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-६ पिप्रा पूर्वका ३५ वर्षीय विसो मलाहा मुखियालाई असार १६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७३ फागुन १७ गते बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले चैत १२ गते इलाका प्रहरी कार्यालय, कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।
पीडितले होहल्ला गरेपछि आरोपित भागेको भन्दै उनले दिएको उजुरी चैत १२ गते दर्ता गरी प्रहरीले आरोपितको खोजी गरिरहेको थियो ।