INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २० गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा सोही दिन भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।

अन्य

भिडियो