INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

सरकारलाई मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धालाई कुण्ठित पार्ने काम भएको ठहर गरेको छ । आयोगले सरकारलाई पत्र लेख्दै मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन आग्रहसमेत गरेको छ ।

इन्सेकद्वारा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन बुझाइयो

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज (असोज २ गते) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उक्त निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई बुझाइएको छ । इन्सेकका १

मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको छः निर्वाचन आयोग

निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको जानकारी दिएको छ । प्रदेश

प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाताको सहभागिता उल्लासपूर्ण(अपडेट ३ बजे)

अपडेटः ३ बजे स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको राससले जनाएको

इन्सेकद्वारा घाइतेलाई उपचार सहयोग प्रदान

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल नेतृत्वको अधिकारकर्मीको टोलीले जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका इन्द्रकुमार पासवानलाई भटेको छ । नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको आक्रमणबाट घाइते भएका नगराइन नपा-८ का १८ वर्षीय इन्द्रकुमार

राजपा नेतासँग निर्वाचन आयोगद्वारा स्पष्टिकरण माग

जगन्नाथपुर गाउँपालिका घर भएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले असोज १ गते स्पष्टिकरण सोधेको छ । उनको घरसमेत रहेको जगन्नाथपुर

काङ्ग्रेस नेता अमरेश सिंहका पिएसओद्वारा फायरिङ

नेपाली काङ्ग्रेस नेता अमरेशकुमार सिंहका अंगरक्षकले गोली चलाएका छन् । उनले सर्लाहीको बलरा नगरपालिका-३ मा एक राउण्ड फायर गरेको स्थानीयले बताएका छन् ।   स्थानीयले उनी चढेको गाडि घेरेर तोडफोड

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी २६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका-१३ देउरालीका ४७ वर्षीय प्रेमबहादुर लोहनीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ३०

निर्वाचन कार्यालयद्वारा ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको जानकारी

प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि असोज १ गतेसम्म ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको निर्वाचन कार्यालयले जनाएको छ । भदौ ३० गतेदेखि सुरू

मतदान स्थलको निर्वाचन प्रचार समग्री हटेन

तिलाठी कोईलाडी गापा-६ को मतदान स्थल श्री राधाकृष्ण मन्दिर प्राङ्गण, बभनगामा कट्टीको पूर्व-उत्तरतर्फटाँगिएका चुनावी प्रचार सामग्री असोज १ गते साँझसम्म हटाइएको छैन । भदौ ३० गते मध्य रातिदेखि मौन अवधि

राजविराज नपा-१५ को निर्वाचन स्थगित र नयाँ कार्यक्रम प्रकाशित

वडा अध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि राजविराज नपा-१५ अन्तर्गतको मतदानलगायत अन्य निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम असोज १ गते स्थगित गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको असोज १ गतेको निर्णय अनुसार

मतदानमा खटेका कर्मचारीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा-१ को मतदान केन्द्रमा मतदान अधिकृतले सहयोगको लागि खटाएको कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१ का २४ वर्षीय दिनेशकुमार महतो र वडा नम्बर-२ का २५ वर्षीय रामशरण चौधरीलाई

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार

दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । सुर्यगढी गापा-५ गणेशस्थान

मौन अवधिमा हतियार सहित गिरफ्तार परेका भारतीयसहित पाँच जना माथि मुद्दा दर्ता

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधिमा शङ्कास्पद अवस्थामा प्रहरीले सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाबाट पाँच जनालाई भदौ ३१ गते गिरफ्तार गरी असोज १ गते अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ 

जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार

जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । पीडितलाई दिउँसो ४ बजेतिर कार्यालयको

स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा निर्वाचन पूर्व अनुगमन

तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा असोज १ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा धनुषामा निर्वाचन पूर्व अनुगमन गरिएको छ । अभियानकर्ताहरू इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल

सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका-२ हथियौल जमुनिया टोलमा भएको बम विष्फोटमा स्थानीय जयप्रकाश

सीमा नाका सिल, ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

स्थानीय तहको तेश्रो चरणको निर्वाचन सुरक्षाका लागि भारतको सितामढी र मधुवनी जिल्लासँगै जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगैको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि

नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १ गते नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई माओवादी कार्यकर्ताले मोविल खन्याएका